ताप्लेजुङको सिरिजङ्गाद्धारा पशुधन बीमा कार्यक्रम सुरु



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पशुधन बीमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि तथा बाली बीमा कार्यक्रम अन्तरगत पशुधन बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पशु बीमा गरेबापत कृषकले बीमाङ्कको २० प्रतिशत रकम व्यर्होनु पर्ने छ । थोरै बाहेक गाउँपालिकाले अनुदानको रकम सोझै गाउँपालिकाले बीमा कम्पनीलाई पठाउने भएको छ । बीमा गरेको पशुको ट्याङिग वापत प्राविधिक खर्च, जीवन बीमा वापतको खर्च र हुलाक टीकट मात्र पशुधनीले व्यर्होनु पर्ने नेपालीले जानकारी दिनुभयो । 

बीमा कार्यक्रममा सहभागी हुन चाहने पशुधनीले फागुन ३० गते भित्र पालिकाका सम्बन्धित वडामा आवेदन गरिसक्नुपर्ने गाउँपालिकाले जनाएको छ । आवेदकले पशुको संख्या तथा उमेर किटान गर्नुपर्ने छ भने कृषक समूह र कृषि सहकारीको हकमा बाँकी रकम व्यर्होने निर्णयको प्रतिलिपि समेत संलग्न राख्नुपर्ने भएको छ ।

प्रकाशित मिति : 1:40 pm

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा