नेकपा (माओवादी केन्द्र)मिक्वाखोला कमिटीद्धारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान




रेडियो काबेली
ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र) मिक्वाखोला गाउँपालिका कमिटीले पालिकाका १८ सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताहको अवसरमा पालिकाको वडा नं. १ र २ खोक्लिङका ५ सहिद तथा बेपत्ता परिवारलाई शनिबार खोक्लिङमा दोसल्ला,खादा र सम्मान पत्रले सम्मान गरिएको हो । त्यस्तै वडा नं. ३,४ र ५ का १३ सहिद तथा बेपत्ता परिवारलाई आईतबार पालिकाको केन्द्र थलङमा दोसल्ला,खादा र सम्मान पत्रले सम्मान गरिएको हो ।

नेकपा (माओवादी केन्द्र) मिक्वाखोला गाउँपालिका अध्यक्ष डण्डु लामाले सहिद तथा बेपत्ताको बलिदान र अतुलनीय योगदानले नै वर्तमान युगको परिर्वतन सम्भव भएकोले उनीहरुको कदर गर्दै सम्मान गरिएको बताए । फाल्गुन १४ गते देखी २१ गतेलाई नेकपा माओवादी केन्द्रले हरेक वर्ष सहिद सप्ताहको रुपमा मनाउने गर्दछ ।

प्रकाशित मिति : 2:40 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य