शेयर बजार सामान्य घट्यो



काठमाडौं । शेयर बजार परिसुचक (नेप्से) बुधबार सामान्य घटेको छ । नेप्से शून्य दशमलव ८७ अङ्कले घटेर दुई हजार दशमलव ७७ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड, अन्य र व्यापारबाहेक सबै समूहको शेयर घटेको छ । आज बीमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । त्यस्तै साम्लिङ पावर कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज विशाल बजार कम्पनी, बोटलर्स नेपाल ( बालाजु ), बोटलर्स नेपाल (तराई), वीपीडब्ल्यू लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

सामान्य बजार घटेको दिन ५१ लाख १५ हजार कित्ता शेयर दुई अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १२ करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित मिति : 2:02 pm

ताप्लेजुङमा आज बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने 

ताप्लेजुङ, पुस १९ गते । ताप्लेजुङमा आज विद्युत सेवा अवरुद्ध

प्रथम मानाभारा गोल्डकप : उपाधिका लागि आज माछापोखरी र लालीगुराँस भिड्दै

ताप्लेजुङ, पुष १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा जारी

प्रथम मानाभारा गोल्डकपः फाईनलमा माछापोखरी हिटी र लालिगुराँस भिड्ने

रेडियो काबेलीताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको