ताप्लेजुङका राजनीतिककर्मीद्धारा प्रधानमन्त्री प्रचण्डसमक्ष योजना तथा बजेट माग



ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लाई भेटेर ताप्लेजुङका स्थानीय राजनीतिक नेतृत्वको एक टोलीले आफ्नो जिल्लाको योजनामा बजेट व्यवस्था गरिदिन माग गरेको छ । जिल्लामा ओझेलमा परेका विभिन्न योजनाका लागि आवश्यक बजेट व्यवस्था गरिदिन सो टोलीले प्रधानमन्त्री दाहालसमक्ष माग गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुडाक्षेत्रीको नेतृत्वमा गएको टोलीले ताप्लेजुङका थुप्रै योजनाहरु ओझेलमा परेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै बजेट व्यवस्था गरिदिन माग गरेको हो । प्रधानमन्त्री दाहाललाई विभिन्न योजनाको विवरण बुझाउँदै बजेट विनियोजन गरिदिन आग्रह गरिएको माओवादी केन्द्रका जिल्ला इन्चार्जसमेत रहनुभएका केन्द्रीय सदस्य बुडाक्षेत्रीले जानकारी दिनुभयो ।

पर्यटन, जलस्रोत लगायतका दृष्टिकोणले पर्याप्त सम्भावना बोकेको जिल्ला भएर पनि आवश्यक बजेट र योजना नहुँदा ताप्लेजुङ ओझेलमा अर्थात पछि परेको विषय प्रधानमन्त्रीलाई अवगत गराएको उहाँले बताउनुभयो छ । उहाँकाअनुसार सडक, सिँचाइ, खानेपानी, पर्यटनजस्ता विभिन्न योजनाका बजेट व्यवस्था गरिदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरिएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट गर्न बुडाक्षेत्रीसहित माओवादीका वैकल्पिक केन्द्रीय सदस्यद्वय विजयप्रकाश वनेम, पर्शुराम कार्की, प्रदेश समिति सदस्य सुरज ओझा लगायतको टोली मंगलबार गएको हो । भेटपछि प्रधानमन्त्री दाहालले सम्भव हुनेसम्म सम्बोधन गर्ने वचन दिनुभएको प्रदेश समिति सदस्य ओझाले जानकारी दिनुभयो ।
उज्यालो पोष्ट

प्रकाशित मिति : 11:29 am

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान