‘सबै लागेर दादुरा–रुबेला बिरुद्ध खोप अभियान सफल बनाऔं’




ताप्लेजुङ। स्वास्थ्य कार्यालय ताप्लेजुङले फागुन १८ देखि २८ गते सम्म दुईचरणमा ताप्लेजुङ जिल्लाभर सञ्चालन हुने दादुरा–रुबेला बिरुद्ध खोप अभियानमा उमेर समूहका सबै बालबालिकालाई अनिवार्य सहभागी गराईदिन सहयोगको अपेक्षा गरेको छ ।

स्वास्थ्य कार्यालयले आइतवार फुङलिङमा आयोजना गरेको जिल्ला स्तरीय दादुरा–रुबेला खोप अभियान तयारी तथा नियमित खोप सुद्रिढीकरण कार्यक्रममार्फत यस्तो आग्रह गरेको हो । स्वास्थ्य कार्यालय ताप्लेजुङका बरिष्ठ जनस्वास्थ्य अधिकृत योगराज घिमिरेले ९ महिना देखि ५ बर्ष मुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप दिनु अनिवार्य रहेकोले सम्वन्धित खोपकेन्द्रमार्फत उमेर समूहका सबै बालबालिकालाई खोप उपलब्ध गर्ने गराउने वातावरणका लागि सबै पक्षसंग सहयोगको याचना गर्नुभएको छ ।‘यो हामी सबैको साझा अभियान भएकोले यसको प्रभावकारी उपयोगले मात्र सफलता प्राप्त गर्न सकिन्छ’घिमिरेले भन्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङको प्रमुखको कार्यभार सम्हाल्न आइपुग्नु भएका जनस्वास्थ्य निरीक्षक कूलबहादुर पौडेलले खोप पाउनुपर्ने कोहिपनि खोप अभियानबाट छुट्न नहुने भएकोले त्यो वातावरणका लागि जनप्रतिनिधि,राजनीतिक दल,नागरिक समाजका अगुवा,बुद्धिजीवि,शिक्षक र समाजका हरेक व्यक्ति तथा निकायबाट सहयोग प्राप्त हुने विश्वास लिनुभयो । ताप्लेजुङमा पहिलो चरणमा फागुन १८ देखि २२ गते सम्म फुङलिङ नगरपालिका सहित पाथीभरा याङ्वरक गाउँपालिका,सिदिङ्वा गाउँपालिका र सिरिजङ्गा गाउँपालिकाका सम्वन्धित खोपकेन्द्रमार्फत नियमित खोपसंगै दादुरा–रुबेला बिरुद्धको खोप दिईदैंछ । स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्डचेन सुपरभाईजर दिनेश रायका अनुसार दोस्रो चरणमा फागुन २४ देखि २८ गते सम्म मैवाखोला गाउँपालिका,मेरिङदेन गाउँपालिका,मिक्वाखोला गाउँपालिका,आठराई त्रिबेणी गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाका सम्वन्धित खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिदैं छ । ताप्लेजुङका करिव १० हजार बालबालिकालाई यस्तो खोप प्रदान गर्ने स्वास्थ्य कार्यालयले लक्ष्य लिएको छ ।

कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेनले बालबालिकाको स्वास्थ्य जटिलता जोगाउन दादुरा–रुबेला बिरुद्धको खोप अनिवार्य भएकोले खोप अभियान सफल बनाउन जनप्रतिनिधिहरुकोतर्फबाट उल्लेख्य सहयोग प्राप्त हुने विश्वास दिलाउनुभयो । अभियान सफल बनाउन उहाँले सबैलाई आग्रह समेत गर्नु भएको छ । जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङखिमले बालबालिकाको स्वास्थ्यलाई बेलैमा ख्याल नगरिए अकल्पनीय दुःख समेत झेल्नुपर्ने भएकोले उमेर समूहका सबै बालबालिकालाई पायक पर्ने केन्द्रमार्फत खोप दिलाउने वातावरणका लागि घरपरिवारका सदस्य तयार र सम्बेदनशिल हुनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले अभियान सफल बनाउन सबैको सहयोग र समन्वयको खाँचो औंल्याउँदै आफु र आफ्नो निकायबाट प्राप्त हुने सबै सहयोग प्राप्त हुनेमा विश्वस्त रहन स्वास्थ्य कार्यालयलाई आग्रह गर्नुभयो ।

दादुरा रोग ज्यादै छिटो सर्ने भाइरसबाट हुने संक्रामक रोग हो । यो कुनैपनि उमेर समूहका लागि लाग्न सक्ने भएपनि ५ बर्ष मुनिका बालबालिकामा यो रोग धेरै पाइने गरेको छ । रुबेला रोग दादुरा रोग जस्तै भाइरसबाट हुन सक्ने एक प्रकारको संक्रामक रोग हो । सामान्य रुघाखोकीको रुपमा यो रोग बालबालिका तथा बयस्कहरुमा देखिन्छ । दादुरा–रुबेला रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको खोप नै भएकोले खोप लगाएर रोग लाग्न नदिन स्वास्थ्य कार्यालय ताप्लेजुङले आग्रह समेत गरेको छ । उज्यालो पोष्ट

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ११ : ५१ बजे

मेयर कप पुरुष भलिबलको उपाधि पाथीभरा याङवरकको पोल्टामा 

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ सालको अवसरमा सञ्चालन भएको

ताप्लेजुङ पर्यटन महोत्सव : खुल्ला पुरुष म्याराथन प्रतियोगितामा प्रथम भए होमलाल श्रेष्ठ

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को

ताप्लेजुङ पर्यटन महोत्सव : महिला हाफ म्याराथन प्रतियोगितामा प्रथम भए सुनसरी रोकाय

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को

ताप्लेजुङ पर्यटन महोत्सव : फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ । ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख ४१ हजार नजिक

सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको