डाक्टर सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा निःशुल्क आँखा शिविर हुने 



साहारा लिम्बू

ताप्लेजुङ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित आँखा उपचार केन्द्रले आगामी फागुन १६ गतेदेखि १८ सम्म ३ दिन निशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको हो । 

विश्व प्रख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा तिलगंगा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सञ्चालन गर्ने तयारी भइरहेको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले बताउनुभयो । 

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ, तिलगंगा आँखा अस्पताल काठमाडौँ, सेवा फाउण्डेशन काठमाडौँ र फुङलिङ नगरपालिकाको संयुक्त पहलमा आयोजित शिविरमा छनौट भएका मोतियाबिन्दूका बिरामीहरूको निशुल्क शल्यक्रिया समेत गरिने क्लिनिक इन्चार्ज गुरुङले बजाउनुभएको छ । मोतियाबिन्दुका बिरामीको छनौटका लागि ताप्लेजुङको दुईओटा स्थानीय तहमै छनौट शिविर सञ्चालन गरिने बताईएको छ । 

जिल्लाको मैवाखोला गाउँपालिकाको १ नं. वडा कार्यालय ढुङ्गेसाँघुमा फागुन १३ र मिक्वाखोला गाउँपालिकाको २ नं. वडा कार्यालय खोक्लिङमा फागुन १४ गते छनौट शिविर सञ्चालन गरिदैछ । सो स्थानमा छनौट भएका मोतियाबिन्दुका बिरामीहरूको डिचेन डोङ्गगलामा अपरेशन गरिने बताईएको छ ।  

परीक्षणका क्रममा ४० वर्षभन्दा माथि उमेर समुहको सेवाग्राहीलाई चश्मा तथा आवश्यकता अनुसार औषधी समेत निशुल्क उपलब्ध गराइने केन्द्रले जनाएको छ । बिरामीहरूको सेवाका लागि समय–समयमा केन्द्रले विभिन्न स्थानमा पुगेर निशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ । छनौट शिविर र फुङलिङमा सञ्चालित ३ दिने शिविरमा आँखाका बिरामीहरूले परीक्षण तथा उपचार गराई मौकाको फाइदा लिन केन्द्रले अनुरोध गरेको छ । 

आँखाका बिरामीहरूका लागि नेपाल नेत्र ज्योति संघले ताप्लेजुङको फुङलिङ, दोभान, पाँचथरको थर्पु र कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । मेरिङदेन गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सहयोगमा दोभान आँखा उपचार केन्द्र, याङवरक गाउँपालिकाको सहयोगमा थर्पु आँखा उपचार केन्द्र, कुम्मायक गाउँपालिकाको सहयोगमा कुम्मायक आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।  

प्रकाशित मिति : 2:17 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन