नेकपा ताप्लेजुङले सम्पन्न गर्‍यो वर्तमान राष्ट्रिय राजनीतिक सङ्कटको निकाश विषयमा अन्तरक्रिया कार्यक्रम



ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टीले वर्तमान राष्ट्रिय राजनीतिक सङ्कटको निकाश विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको उपस्थितिमा अन्तरक्रिया गरेको हो । 

कम्युनिस्ट पार्टीका पोलिटब्युरो  सुमनको उपस्थितिमा भएको अन्तरक्रियामा कांग्रेस उपसभापति डिल्लीरमण बराल नेकपा एमालेका सन्तोष प्रसाईँ माओवादी केन्द्रका चन्द्र तामाङ नेकपा एसका नेत्र नेपाली समाजवादी पार्टीका किर्तिमान मादेन जनमुक्तिका इन्द्र थलङ लगायतले आआफ्नो धारणा राखेका थिए ।

 कार्यक्रममा कतिपयले मुलुक सङ्कटमा फसेको धारणा राखेका थिए भने कतिपयले मुलुक समृद्धिको दिशामा रहेको बताएका थिए । वर्गीय, भाषिक, लैंगिक विभेद रहेको नेपालमा सबैलाई समेट्ने खालको समाज आवश्यक रहेकोमा सहभागिले जोड दिएका थिए । 

सुशासन ऋणात्मक अवस्थामा रहेको मुलुकलाई निकाश दिन नागरिकनै लाग्नपर्ने सहभागिले बताए । एसएलसी गरेका शिक्षक प्रधानाध्यापक हुने मास्टर डिग्री गर्ने ले उस्को कारिन्दा भएर काम गर्दा संकट निम्तिएको, एकजना शिक्षकले जम्मा ५र६ जनालाई पढाउँदा पनि विद्यार्थी दक्ष बन्न नसकेको सहभागिले जोड दिएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार १४:००

जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

रेडियो काबेलीताप्लेजुङ । जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन

केबलकार विवादः निर्माण क्षेत्रको बाँकी रुख कटान, आन्दोलनरत समूहद्वारा सरकारले अन्याय गरेको गुनासो

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको निर्माण क्षेत्रको बाँकी

फक्ताङलु गाउँपालिकाले दियो सार्वजनिक बिदा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलु गाउँपालिकाले विहीबार सार्वजनिक बिदा दिएको छ

पाथीभरा मन्दिरको भेटि माघ महिनामा १० लाख बढि गणना

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा गणना गरिएका

सुनको मूल्य दुई हजार सात सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार