‘अखिल कप २०८०’ को उपाधि मैवाखोला र नारायणी मा. वि.लाई



ताप्लेजुङ । ‘अखिल कप २०८०’ को उपाधि मैवाखोला र नारायणी मा. वि.ले हात पारेको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अनेरास्ववियु मैवाखोला पालिका कमिटीको आयोजनामा सम्पन्न भएको उक्त खेलको उपाधि छात्र तर्फ मैवाखोला मा.वि. र छात्रा तर्फ नारायणी मा.वि.ले हात पारेको हो ।

हिजोबाट सुरु भएको खेलको फाइनल आज भएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विवेक बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार आज भएको फाइनल खेलमा छात्र तर्फ जनकल्याण मा.वि.लाई १-० गोल अन्तरले पराजित गर्दै मैवाखोला मा.वि.ले उपाधि हात पारेको छ । यस्तै छात्रा तर्फ मैवाखोला मा.वि.लाई १-० गोल अन्तरले नै पराजित गर्दै नारायणी मा.वि. प्रथम भएको हो ।

प्रथम हुने छात्र छात्रा तर्फका मैवाखोला मा.वि. र नारायणी मा.वि.ले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने दोस्रो हुने छात्र छात्रा तर्फ जनकल्याण र मैवाखोला मा.वि.ले नगद ४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको बानियाँले बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी उप–सचिव साथै आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन) को प्रमुख आथित्यतामा उद्घाटन भएको खेलको समापन नेकपा एमाले जिल्ला कमिटि सदस्य दिपक धिताको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

यस्तै विशिष्ट अतिथिको रुपमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज लेखनाथ भट्टराई, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विवेक बानियाँको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 1:36 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई