‘अखिल कप २०८०’ को उपाधि मैवाखोला र नारायणी मा. वि.लाई



ताप्लेजुङ । ‘अखिल कप २०८०’ को उपाधि मैवाखोला र नारायणी मा. वि.ले हात पारेको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अनेरास्ववियु मैवाखोला पालिका कमिटीको आयोजनामा सम्पन्न भएको उक्त खेलको उपाधि छात्र तर्फ मैवाखोला मा.वि. र छात्रा तर्फ नारायणी मा.वि.ले हात पारेको हो ।

हिजोबाट सुरु भएको खेलको फाइनल आज भएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विवेक बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार आज भएको फाइनल खेलमा छात्र तर्फ जनकल्याण मा.वि.लाई १-० गोल अन्तरले पराजित गर्दै मैवाखोला मा.वि.ले उपाधि हात पारेको छ । यस्तै छात्रा तर्फ मैवाखोला मा.वि.लाई १-० गोल अन्तरले नै पराजित गर्दै नारायणी मा.वि. प्रथम भएको हो ।

प्रथम हुने छात्र छात्रा तर्फका मैवाखोला मा.वि. र नारायणी मा.वि.ले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने दोस्रो हुने छात्र छात्रा तर्फ जनकल्याण र मैवाखोला मा.वि.ले नगद ४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको बानियाँले बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी उप–सचिव साथै आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन) को प्रमुख आथित्यतामा उद्घाटन भएको खेलको समापन नेकपा एमाले जिल्ला कमिटि सदस्य दिपक धिताको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

यस्तै विशिष्ट अतिथिको रुपमा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इन्चार्ज लेखनाथ भट्टराई, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विवेक बानियाँको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 1:36 pm

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा