बसन्त पञ्चमी मेलाको अवसरमा लिङ्तेपमा सम्पन्न भएको पुरुष फुटबलको उपाधि लिङ्खिमलाई



ताप्लेजुङ । बसन्त पञ्चमी मेलाको अवसरमा ताप्लेजुङको लिङ्तेपमा सम्पन्न भएको पुरुष फुटबल प्रतियोगिताको उपाधि सिवा स्पोर्टिङ क्लब लिङ्खिमले हासिल गरेको छ । प्रगतिशील युवा क्लबको आयोजनामा लिङ्तेपको स्वा. तुलसी नाल्बो स्मृति खेल मैदानमा आज भएको फाइनल खेलामा नाल्बु स्पोर्टिङ क्लब ‘ए’ लाई २-० गोल अन्तरले पराजित गर्दै लिङ्खिमले उपाधि हात पारेको हो ।  

सिवा स्पोर्टिङ क्लब लिङ्खिमले उपाधि सँगै नगद एक लाख सहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरेको छ भने दोस्रो हुने नाल्बू स्पोर्टिङ क्लबले नगद ६० हजार सहित मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको खेल संयोजक जीतेन लङवाले जानकारी दिनुभएको छ । 

लङ्वाका अनुसार महिला तर्फ नवज्योति युवा क्लब सान्थाक्रा प्रथम भएको छ । थुकिमा स्पोर्टिङ क्लब थुकिमालाई २-१ गोल अन्तरले पराजित गर्दै सान्थाक्रा प्रभम भएको हो । प्रथम भएको नवज्योति युवा क्लब सान्थाक्राले नगद ५० हजारसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरेको छ भने, दोस्रो हुँने थुकिमा स्पोर्टिङ क्लबले नगद ३० हजारसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ ।  

कोशी प्रदेश सभा सदस्य खगेन सिं हाङ्गामको प्रमुख आथित्यतामा उद्घाटन भएको उक्त खेल आज मेरिङदेन गाउँपालिकाका अध्यक्ष युक हाँ वीर हाङ्गाम डम्बरको प्रमुख आथित्यतामा सम्पन्न भएको प्रगतिशील युवा क्लबका अध्यक्ष विजय हाङगामले जानकारी दिनु भएको छ । 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार १३:०२

अझै भेटिएनन् त्रिशूलीमा हराएका २ बस र ३७ यात्रु

काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोले बगाएर त्रिशूली

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित