बसन्त पञ्चमी मेलाको अवसरमा लिङ्तेपमा सम्पन्न भएको पुरुष फुटबलको उपाधि लिङ्खिमलाई



ताप्लेजुङ । बसन्त पञ्चमी मेलाको अवसरमा ताप्लेजुङको लिङ्तेपमा सम्पन्न भएको पुरुष फुटबल प्रतियोगिताको उपाधि सिवा स्पोर्टिङ क्लब लिङ्खिमले हासिल गरेको छ । प्रगतिशील युवा क्लबको आयोजनामा लिङ्तेपको स्वा. तुलसी नाल्बो स्मृति खेल मैदानमा आज भएको फाइनल खेलामा नाल्बु स्पोर्टिङ क्लब ‘ए’ लाई २-० गोल अन्तरले पराजित गर्दै लिङ्खिमले उपाधि हात पारेको हो ।  

सिवा स्पोर्टिङ क्लब लिङ्खिमले उपाधि सँगै नगद एक लाख सहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरेको छ भने दोस्रो हुने नाल्बू स्पोर्टिङ क्लबले नगद ६० हजार सहित मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको खेल संयोजक जीतेन लङवाले जानकारी दिनुभएको छ । 

लङ्वाका अनुसार महिला तर्फ नवज्योति युवा क्लब सान्थाक्रा प्रथम भएको छ । थुकिमा स्पोर्टिङ क्लब थुकिमालाई २-१ गोल अन्तरले पराजित गर्दै सान्थाक्रा प्रभम भएको हो । प्रथम भएको नवज्योति युवा क्लब सान्थाक्राले नगद ५० हजारसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरेको छ भने, दोस्रो हुँने थुकिमा स्पोर्टिङ क्लबले नगद ३० हजारसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ ।  

कोशी प्रदेश सभा सदस्य खगेन सिं हाङ्गामको प्रमुख आथित्यतामा उद्घाटन भएको उक्त खेल आज मेरिङदेन गाउँपालिकाका अध्यक्ष युक हाँ वीर हाङ्गाम डम्बरको प्रमुख आथित्यतामा सम्पन्न भएको प्रगतिशील युवा क्लबका अध्यक्ष विजय हाङगामले जानकारी दिनु भएको छ । 

प्रकाशित मिति : 1:02 pm

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश

ट्राभल डेन्टल क्याम्प नेपालद्धारा दुर्गम बस्तीका १ सय ७७ नागरिकलाई निःशुल्क दन्त सेवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत रोजगारीका लागि दुई सय बढीलाई तालिम

ताप्लेजुङ, साउन ५ गते । ताप्लेजुङमा घरेलु तथा साना उद्योग

भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन

ताप्लेजुङ, साउन ४ गते । भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार