ताप्लेजुङको फावाखोलामा मोटरेबल पुल निर्माण



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकास्थित फावाखोलामा मोटर गुड्ने (मोटरेबल) पुल निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र पाथीभरा याङ्वरक गाउँपालिकाको बजेट साझेदारी लगानीमा फावाखोलामा मोटरेबल पक्की पुल निर्माण गरिएको हो ।

सदरमुकाम फुङ्लिङ नाङ्खोल्याङ–थेचम्बु–थुम्बेदिन–कञ्चनजङ्घा सडकअन्तर्गत फावाखोलामा सो मोटरेबल पुल निर्माण भएको छ । प्रदेश सरकार र पाथीभरा याङ्वरक गाउँपालिकाको कुल चार करोड २९ लाख रुपियाँको लागतमा सोही गाउँपालिका –२ थेचम्बु र वडा ५ चाक्सिबोटे जोड्ने गरी फावाखोलामा पुल निर्माण गरिएको छ ।

सो मोटरेवल पक्की पुलको बिहीबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु र पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । पुलको उद्घाटन गर्नुहुँदै मन्त्री जबेगुले मोटर गुड्ने पुलको अभावमा यातायात सुविधाबाट वञ्चित जनतालाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

मोटरेवल पुल निर्माणसँगै सडकको पनि स्तरोन्नति आवश्यक देखिएकाले चालू आर्थिक वर्षभित्रै सडक स्तरोन्नति तथा मर्मत सुधार गर्न कोशी प्रदेश सरकारका तर्फबाट १० लाख रुपियाँ बजेट उपलब्ध गराउने उहाँले घोषणा गर्नुभयो ।

प्रदेश सरकारले उपलब्ध गराउने बजेटमाथि आवश्यक थप रकम लगानी गरेर सडकको स्तरोन्नति गर्न मन्त्री जबेगुलाई पाथीभरा याङ्वरक गाउँपालिकालाई अनुरोध गर्नुभयो । लम्बाइ ४० र चौडाइ ११ मिटर रहेको सो पक्की मोटरेबल पुल थेबे जेभी एसएस कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको हो ।

२०७९ चैत मसान्तभित्र सम्पन्न गर्नेगरी पाथीभरा याङ्वरक गाउँपालिका र निर्माण कम्पनीबिच २०७६ असार १५ पुल निर्माणको सम्झौता भएको थियो । पुल उद्घाटनमा कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बो, पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामा, गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङलगायतको उपस्थिति थियो । gorkhapatraonline.com

प्रकाशित मिति : 2:57 pm

मेरिङदेन गाउँपालिकाको बजेट ४७ करोड ४२ लाख, पालिकासम्म कालोपत्रे सडक पुर्‍याउने प्राथमिकता

ताप्लेजुङ, असार ९ गते । मेरिङदेन गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४

मैवाखोलाको बजेट ४३ करोड ६१ लाख

ताप्लेजुङ , असार ९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक

पाथीभरा संरक्षण समितिको अध्यक्षमा सुरेश लिम्बू

ताप्लेजुङ, असार ९ गते । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण

कृषि ज्ञान केन्द्र ताप्लेजुङद्धारा एग्रोभेट तथा विषादी व्यवसायीसँग अन्तरक्रिया

ताप्लेजुङ, असार ९ गते ।  कृषि ज्ञान केन्द्र ताप्लेजुङले जिल्लामा

ताप्लेजुङका तीन स्थानीय तहले बजेट ल्याउँदै

ताप्लेजुङ, असार ९ गते । ताप्लेजुङका तीन स्थानीय तहले मङ्गलबार