भानु माविको ७५औँ वार्षिक उत्सव : भलिबल प्रतियोगितामा भानुको कब्जा 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको नमुना विद्यालयको रुपमा रहेको भानु जन माध्यमिक विद्यालयको ७५औँ वार्षिक उत्सव अवसरमा भएको माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिताको छात्रा तर्फको उपाधि भानु मा.वि.ले हात पारेको छ । आज भएको छात्रा तर्फको फाइनल खेलमा कञ्चनजङ्घा बोर्डिङ स्कुललाई सोझो सेटमा पराजित गर्दै भानु विजयी भएको हो ।

यस्तै छात्र तर्फ भानु मा.वि. ‘ए’ र ‘बि’ दुवै समुह फाइनलमा प्रवेश गरेको छ । लिटल बुद्ध बोर्डिङ स्कुललाई सोझो सेटमा पराजित गर्दै भानु ‘ए’ ले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो भने, युवा वर्ष माविलाई सोझो सेटमा नै पराजित गर्दै भानु ‘बि’ले ‘ए’ सँगको भेट पक्का गरेको हो । फाइनल खेल भोलि हुने शिक्षक दिलेन्द्र राईले जानकारी दिनुभयो ।

पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले उद्घाटन गरेको महोत्सवको समापन भोलि हुने विद्यालयका प्रधानाध्यापक किशोर कुमार राईले जानकारी दिनु भएको छ । वार्षिक उत्सव कार्यक्रममा भानु जन मा.वि. का भूतपूर्व प्रधानाध्यापक, भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, भूतपूर्व शिक्षक, जग्गा दाता, चन्दा दाता, अभिभावक, भूतपूर्व विद्यार्थी एवं सरोकारवालाहरूलाई सम्मान गरिने छ । 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार १४:४१

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन