भानु माविको ७५औँ वार्षिक उत्सव : भलिबल प्रतियोगितामा भानुको कब्जा 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको नमुना विद्यालयको रुपमा रहेको भानु जन माध्यमिक विद्यालयको ७५औँ वार्षिक उत्सव अवसरमा भएको माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिताको छात्रा तर्फको उपाधि भानु मा.वि.ले हात पारेको छ । आज भएको छात्रा तर्फको फाइनल खेलमा कञ्चनजङ्घा बोर्डिङ स्कुललाई सोझो सेटमा पराजित गर्दै भानु विजयी भएको हो ।

यस्तै छात्र तर्फ भानु मा.वि. ‘ए’ र ‘बि’ दुवै समुह फाइनलमा प्रवेश गरेको छ । लिटल बुद्ध बोर्डिङ स्कुललाई सोझो सेटमा पराजित गर्दै भानु ‘ए’ ले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो भने, युवा वर्ष माविलाई सोझो सेटमा नै पराजित गर्दै भानु ‘बि’ले ‘ए’ सँगको भेट पक्का गरेको हो । फाइनल खेल भोलि हुने शिक्षक दिलेन्द्र राईले जानकारी दिनुभयो ।

पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले उद्घाटन गरेको महोत्सवको समापन भोलि हुने विद्यालयका प्रधानाध्यापक किशोर कुमार राईले जानकारी दिनु भएको छ । वार्षिक उत्सव कार्यक्रममा भानु जन मा.वि. का भूतपूर्व प्रधानाध्यापक, भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, भूतपूर्व शिक्षक, जग्गा दाता, चन्दा दाता, अभिभावक, भूतपूर्व विद्यार्थी एवं सरोकारवालाहरूलाई सम्मान गरिने छ । 

प्रकाशित मिति : 2:41 pm

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण

निर्वाचन सामग्रीसहित मतदान अधिकृत प्रस्थान

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन

ताप्लेजुङमा पत्रकारलाई आचारसंहिता तालिम 

सौगात विष्टताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङमा पत्रकार आचारसंहिता तथा