६ राजनीतिक दलले भन्यो ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्न हुँदैन 



ताप्लेजुङ । जनता समाजवादी पार्टी नेपालसहित  ६ राजनीतिक दलले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माण गर्न नहुने भनेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त दलहरूले पाथीभरा पवित्र धार्मिक तथा ऐतिहासिक सांस्कृतिक स्थल भएकाले केबलकार निर्माण गर्न नहुने जनाएको हो ।

जनता समाजवादी पार्टीसहित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी मोर्चा र लिम्बूवान क्रान्तिकारी पार्टीले केबलकार निर्माणविरुद्ध संयुक्त विज्ञप्ति निकालेका छन् । केबलकार निर्माण प्रक्रिया सुरु गर्नु धार्मिकस्थल साथै आदिवासीहरूको मौलिक पहिचानमाथि अतिक्रमण र हस्तक्षेप भएको विज्ञप्तिमा उल्लेख  गरिएको छ । 

त्यस्तै परियोजनाको प्रक्रिया सुरु गर्दैदेखि गलत नियत राखेको पाइएकाले परियोजनाको विरोध गर्नुपरेको पनि विज्ञप्तिमा जनाइएको छ । केबलकार परियोजना कार्यान्वयन गर्ने प्रक्रियासँगै जग्गा खरिद प्रकरण र पछिल्लो पटक सशस्त्र प्रहरी बलको बेस क्याम्प राख्ने विषय असह्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा सोमबार बसेको सर्वपक्षीय बैठकले भने केबलकार निर्माणको कामलाई अघि बढाउने निर्णय गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका चन्द्रप्रसाद ढकालको नेतृत्वमा पाथीभरा मुक्कुमलुङ दर्शन केबलकार प्रालिले परियोजना निर्माण गर्नका गर्न लागेको हो । 

प्रकाशित मिति : 5:54 am

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)