१५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको सीएनएनको दाबी



काठमाडौं । अमेरिकी सञ्चारमाध्यम “सीएनएन” ले नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरेको छ । यो सङ्ख्या सरकारले अनुमान गरेभन्दा ७५ गुणा बढी हो ।

रुसी सरकारले गएको वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुनका लागि आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएका विभिन्न स्रोतले बताएका सीएनएनले जनाएको छ । यो प्याकेजमा मासिक कम्तीमा दुई हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी ९पासपोर्ट० प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको खबरमा उल्लेख छ ।

सूचकाङ्कअनुसार नेपाली राहदानी विश्वव्यापी गतिशीलताका लागि संसारमा सबैभन्दा खराबमध्ये एक उत्तर कोरियाको भन्दा तल १०३ औँ स्थानमा छ । नेपाल सरकारले भने झन्डै दुई सय नागरिक रुसी सेनामा भर्ना भएको र युद्ध क्षेत्रमा कम्तीमा १३ जनाको ज्यान गएको बताएको छ । सांसद र अधिकारकर्मीहरूलेसरकारले भनेको सङ्ख्या निकै कम भएको हुन सक्ने बताउँदै आएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार युक्रेनले अहिले चार जना नेपालीलाई युद्धबन्दी बनाएको छ । रुसी सेनामा कति नेपाली भर्ना भएका छन् र अहिलेसम्म कति जनाको ज्यान गएको भन्ने प्रश्नमा रुसी विदेश मन्त्रालयले कुनै जवाफ नदिएको सीएनएनले जनाएको छ ।

रुसी सेनामा भर्ना हुन चाहने नेपाली पहिले पर्यटक भिसामा रुस जाने गरेका खबरमा उल्लेख छ । धेरैजसो व्यक्तिहरूले आफूहरू यूएई वा भारत हुँदै गएको बताएका छन् । मस्को पुगेपछि एक वर्षको सम्झौतामा हस्ताक्षर हुने र भर्ना हुनेहरूको रुसी बैंक खातामा कम्तीमा दुई हजार डलर जम्मा गरिने र कतिपयले त महिनामा चार हजार डलरसम्म कमाएको बताउँछन् ।

रुसी सेनामा भर्ना भएका कतिपय नेपालीले लडाइँमा पठाइनुअघि सामान्य तालिम मात्र लिएको बताएका छन् । नेपालीलाई लड्न पठाउनुअघि यस्तो छोटो प्रशिक्षण अवधिले रुसी सरकारको उदासीनता र अग्रपङ्क्तिमा मानव संशाधनको आवश्यकता देखिने नेपाली सेनाका अवकाशप्राप्त उपरथी एवम् रणनीतिक विश्लेषकको रूपमा कार्यरत बिनोज बस्न्यात बताउनुहुन्छ ।

नेपाल प्रहरीले नेपालीलाई रुसी सेनामा भर्ना गराउन पठाएको आरोपमा गएको महिना १८ जनालाई पक्राउ गरेको थियो । सरकारले अहिले नागरिकलाई कामका लागि रुस जान प्रतिबन्ध लगाएको छ भने पर्यटक भिसामा यूएई जस्ता देशमा जानेहरूलाई नियममा कडाइ गरेको छ । परराष्ट्र मन्त्रालयले गएको डिसेम्बरमा नेपाली नागरिक भर्ना नगर्न र युद्धमा ज्यान गुमाएकाहरूको शव स्वदेश पठाउन रुसलाई आग्रह गरेको थियो । उज्यालोअन्लाईनल

प्रकाशित मिति : २८ माघ २०८०, आईतवार १३:३३

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता