दोभान आँखा उपचार केन्द्रको भवन हस्तान्तरण



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभानमा सञ्चालित आँखा उपचार केन्द्रको आफ्नै भवन निर्माण गरिएको छ । दुई वर्षअघि नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखाले सञ्चालनमा ल्याएको दोभान आँखा उपचार केन्द्रको भवन निर्माण गरिएको हो ।

कोशी प्रदेश सरकारको बजेटबाट आँखा उपचार केन्द्र भवन निर्माण गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले बताउनुभयो । सहरी विकास तथा भवन कार्यालय इलाममार्फत भ्याटसहित कुल ९७ लाख ८१ हजार १०६ रुपियाँको लागतमा भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।

उक्त बजेटबाट पपया कन्स्ट्रक्सन फुङ्लिङ, ताप्लेजुङले निर्माणको काम सम्पन्न गरी निर्माण कम्पनीका तर्फबाट बिहीबार नेपाल नेत्रज्योति संघ जिल्ला शाखालाई हस्तान्तरण भएको छ । दोभान आँखा उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम ९डम्बर० र नेत्रज्योति संघ शाखाका पदाधिकारीको उपस्थितिमा निर्माण कम्पनीले भवन हस्तान्तरण गरेको हो ।

नेपाल नेत्रज्योति संघ शाखा सभापति गुरुङका अनुसार दुईतले नवनिर्मित भवनमा पाँचवटा कोठा रहेका छन् । भवन निर्माण सम्पन्न भएसँगै हस्तान्तरण भएपछि औपचारिक उद्घाटन गरी नवनिर्मित भवनबाटै आँखा उपचार केन्द्रको सेवा सुरु गर्ने योजना रहेको गुरुङले जानकारी दिनुभयो ।

दोभान बजारमा मेरिङ्देन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको केही बजेट सहयोगबाट दुई वर्ष अघिदेखि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । नेत्रज्योति संघले दोभानमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएपछि उक्त दुई गाउँपालिकासहित त्यस क्षेत्रको मैवाखोला र मिक्वाखोला गाउँपालिकाका बासिन्दाले समेत सेवा पाउँदै आएका छन् ।

नेपाल नेत्रज्योति संघ शाखाद्वारा सञ्चालित सदरमुकाम फुङ्लिङमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र रहेको छ । ताप्लेजुङ शाखाकै अगुवाइमा पाँचथरको कुम्मायक गाउँपालिकाको प्रशासकीय केन्द्र यासोक र याङ्वरक गाउँपालिकाको प्रशासकीय केन्द्र थर्पुमा पनि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । eujyalopost.com

प्रकाशित मिति : 5:54 am

पाथीभरा संरक्षण समितिको अध्यक्षमा सुरेश लिम्बू

ताप्लेजुङ, असार ९ गते । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण

कृषि ज्ञान केन्द्र ताप्लेजुङद्धारा एग्रोभेट तथा विषादी व्यवसायीसँग अन्तरक्रिया

ताप्लेजुङ, असार ९ गते ।  कृषि ज्ञान केन्द्र ताप्लेजुङले जिल्लामा

ताप्लेजुङका तीन स्थानीय तहले बजेट ल्याउँदै

ताप्लेजुङ, असार ९ गते । ताप्लेजुङका तीन स्थानीय तहले मङ्गलबार

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)