दोभान आँखा उपचार केन्द्रको भवन हस्तान्तरण



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभानमा सञ्चालित आँखा उपचार केन्द्रको आफ्नै भवन निर्माण गरिएको छ । दुई वर्षअघि नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ शाखाले सञ्चालनमा ल्याएको दोभान आँखा उपचार केन्द्रको भवन निर्माण गरिएको हो ।

कोशी प्रदेश सरकारको बजेटबाट आँखा उपचार केन्द्र भवन निर्माण गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले बताउनुभयो । सहरी विकास तथा भवन कार्यालय इलाममार्फत भ्याटसहित कुल ९७ लाख ८१ हजार १०६ रुपियाँको लागतमा भवन निर्माण गरिएको उहाँले बताउनुभयो ।

उक्त बजेटबाट पपया कन्स्ट्रक्सन फुङ्लिङ, ताप्लेजुङले निर्माणको काम सम्पन्न गरी निर्माण कम्पनीका तर्फबाट बिहीबार नेपाल नेत्रज्योति संघ जिल्ला शाखालाई हस्तान्तरण भएको छ । दोभान आँखा उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम ९डम्बर० र नेत्रज्योति संघ शाखाका पदाधिकारीको उपस्थितिमा निर्माण कम्पनीले भवन हस्तान्तरण गरेको हो ।

नेपाल नेत्रज्योति संघ शाखा सभापति गुरुङका अनुसार दुईतले नवनिर्मित भवनमा पाँचवटा कोठा रहेका छन् । भवन निर्माण सम्पन्न भएसँगै हस्तान्तरण भएपछि औपचारिक उद्घाटन गरी नवनिर्मित भवनबाटै आँखा उपचार केन्द्रको सेवा सुरु गर्ने योजना रहेको गुरुङले जानकारी दिनुभयो ।

दोभान बजारमा मेरिङ्देन गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको केही बजेट सहयोगबाट दुई वर्ष अघिदेखि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । नेत्रज्योति संघले दोभानमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएपछि उक्त दुई गाउँपालिकासहित त्यस क्षेत्रको मैवाखोला र मिक्वाखोला गाउँपालिकाका बासिन्दाले समेत सेवा पाउँदै आएका छन् ।

नेपाल नेत्रज्योति संघ शाखाद्वारा सञ्चालित सदरमुकाम फुङ्लिङमा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र रहेको छ । ताप्लेजुङ शाखाकै अगुवाइमा पाँचथरको कुम्मायक गाउँपालिकाको प्रशासकीय केन्द्र यासोक र याङ्वरक गाउँपालिकाको प्रशासकीय केन्द्र थर्पुमा पनि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । eujyalopost.com

प्रकाशित मिति : 5:54 am

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम)

कञ्चनजङ्घा संरक्षण क्षेत्र आईयुसिएन हरियो सूचीको आवेदन चरणका लागि योग्य

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र

ताप्लेजुङको हाङ्देवाबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाको घिमिरे

आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा