ताप्लेजुङको आम्बेगुदिनका एक पुरुष मृत फेला 



ताप्लेजुङ । पाँचथर याङ्वरक गाउँपालिका वडा नं २ थर्पु घर भई हाल ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं २ आम्बेगुदिन निवासी ३३ बर्षिया हरि खड्का मृत अवस्थामा फेला परेका छन् । बुधवारबाट हराइरहेका खड्का स्थानीय महभीरबाट करिव ५ सय मिटर तल निबुखोला नजिक मृत अवस्थामा फेला परेका हुन् । 

ससुराली घर बस्दै आएका उनी बुधवार मध्यान्तरतिर सिनाम मावली घर जान्छु भनी हिँडेको तर फर्कि नआएपछि उनको खोजतलास सुरु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कलमकुमार लुङ्गेलीले बताउनुभयो । 

 बिहीबार बिहान स्थानीयले निबुखोला छेउमा एक मृत शरीर देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 10:30 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी