ताप्लेजुङमा एक वृद्ध मृत अवस्थामा फेला



ताप्लेजुङ । ताप्लेजुङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । केही दिन अघिदेखि बेपत्ता भएका फुङलिङ नगरपालिका वडा नं.९ हाङदेवा निवासी ७१ वर्षीय रामबहादुर महतारा मृत अवस्थामा फेला परेका हुन् ।

उनी सदरमुकाम नजिकै रहेको नर्सरी स्थित च्यानडाँडामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताउनु भयो ।

उनको मृत्युको कारण भने खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका अहिले ताप्लेजुङ जिल्ला अस्पतालको शव ग्रहमा राखिएको छ।

उनी बेपत्ता भएको भन्दै गत शुक्रबार उनका आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार १२:००

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको