प्रेस चौतारी ताप्लेजुङको स्थापना दिवसमा तिन पत्रकार पुरस्कृत



रेडियो काबेली
ताप्लेजुङ ।

प्रेस चौतारी ताप्लेजुङले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा तिन पत्रकारलाई सम्मान गरेको छ । आइतवार सदरमुकाम फुङलिङमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न पत्रकारिता पुरस्कारबाट तिन पत्रकारलाई पुरस्कृत गरेको हो ।

यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घका निवर्तमान सचिव रविन भट्टराई, जयमती कर्ण बहादुर पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा संवाददाता केशब भट्टराई र अग्नि प्रसाद भिमादेबी पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष तथा रेडियो तमोरमा कार्यरत पत्रकार गंगा लिङखिमलाई पुरस्कृत गरिएको पुरस्कृत गरिएको र सबै पुरस्कारको राशि समान १० हजार एक सय पाँच रुपैयाँ रहेको प्रेस चौतारी नेपाल ताप्लेजुङका अध्यक्ष बसन्त पालुङ्वाले जनाउनुभयो ।

चौतारीको २६औँ स्थापना दिवस कार्यक्रममा नेकपा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश सांसद तिलकुमार मेन्याङबो लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 12:56 pm

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान थप

ताप्लेजुङ, पुस १७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान