ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 



ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको ताप्लेजुङ गोल्ड कपबाट पाँच लाख रुपियाँ बढी नाफा भएको छ । गत साउन २४ गतेदेखी ३१ गते सम्म फुङ्लिङमा सम्पन्न भएको अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कप प्रतियोगिताबाट पाँच लाख १७ हजार ३२७ रुपियाँ रकम बचत भएको हो ।

बिहीवार समितिको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त रकम बचत भएको कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ९१ लाख ४८ हजार २७६ रुपियाँ रकम सङ्कलन भएको छ । विभिन्न व्यक्ति तथा सङ्घ संस्थाबाट सङ्कलन भएको उक्त रकम मध्ये ८७ लाख ९४९ रुपियाँ खर्च भएको छ ।

नौ स्थानीय तह रहेको जिल्लाका छ पालिका सँग भएको सम्झौता बमोजिमको रकम प्राप्त हुन बाँकी रहेको अध्यक्ष सागर मादेनले बताउनुभयो । उहाँका अनुसार पाथीभरा याङ्वरक, फक्ताङ्लुङ, सिरिजङ्घा, आठराई त्रिबेणी, मेरिङ्देन र मैवाखोला गाउँपालिकाबाट रकम प्राप्त हुन बाँकी रहेको छ । यी पालिकाबाट सहयोग प्राप्त भए बचत रकम करिब १० लाख भन्दा माथी पुग्ने समितिले जनाएको छ ।

समितिले टिकट बिक्रीबाट २० लाख रुपियाँ आम्दानी गरेको छ । पहिलो पटक समितिले टिकट बिक्रीका लागि ठेक्का प्रकृयामार्फत २० लाख रुपियाँमा सम्झौता गरेको थियो । त्यस्तै प्रतियोगिता सम्पन्न गर्नका लागि तमोर इनर्जी प्रा। लि।ले पहिलो पुरस्कार बापतको रकम सहयोग गतेको बताइएको छ । पाथीभरा क्षेत्र विकास समितिले छ लाख ८९ हजार ५००, फुङ्लिङ नगरपालिकाले पाँच लाख ९५ हजार रुपियाँ सहयोग प्राप्त गरेको समितिको विवरणमा उल्लेख छ ।

भारतको एक टीम सहित ८ ओटा सहभागी भएको गोल्डकपको उपाधि सलहेश युवा क्लबले हात पारेको थियो भने उपविजेता चर्च ब्वाइज क्लब भएको थियो । विजेता सलहेशले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेता चर्च ब्वाइजले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।

समितिले विधागत पुरस्कार तथा बिजेता-उपबिजेताको लागि ११ लाख ६० हजार ६४४ रुपियाँ खर्च गर्दा खेलाडी व्यवस्थापनका लागि १९ लाख ५० हजार ७०० रुपियाँ खर्चिएको छ । त्यस्तै दर्शकलाई व्यवस्थापनको लागि निर्माण गरिएको प्याराफिटमा आठ लाख ७८ हजार १५० रुपियाँ खर्च भएको समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : 5:16 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ