लिफ्टबाट खसेर इञ्जिनियरको मृत्यु



रेडियो काबेली

पोखरा । बन्दै गरेको घरमा सर्वे गरिरहेको अवस्थामा लिफ्टबाट खस्दा पोखरामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले वडा प्रहरी कार्यालय बैदामलाई उल्लेख गर्दै मङ्गलबार दिउँसो एक बजेको समयमा घटना भएको बताए।

मृत्यु हुनेमा कास्कीकै पोखरा महानगरपालिका–८ रत्न चोक बस्ने ३७ वर्षीय प्रवीण भट्टराई रहेका छन्। उनी पोखराकै न्युरोडमा रहेको मुक्ति ईनर्जी प्रा।लि।का इन्जिनियर हुन्।

पोखरा महानगरपालिका–६ खहरे चोकस्थित चिनीमाया भण्डारीको बन्दै गरेको निर्माणाधीन घरको तातो पानीको सर्वे गर्ने क्रममा भट्टराई ५ औँ तलाको लिफ्टबाट अचानक खसेका थिए।

सख्त घाइते भएका उनलाई उपचारको लागि तत्कालै गण्डकी मेडिकल कलेजमा लगिएकोमा उपचारको क्रममा दिउँसो साढे दुई बजेको समयमा मृत्यु भएको हो।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार ११:२५

पाथिभरा याङवरकले दियो कृषकलाई उपकरण र सुन्तलाको बिरुवा

ताप्लेजुङ । पाथिभरा याङवरक गाउँपालिकाले कृषकहरूलाई कृषि सम्बन्धी उपकरण र

नेकपा एस ताप्लेजुङले अधिवेशनमा दुई सय ५० प्रतिनिधि सहभागी गराउने 

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले जिल्ला अधिवेशनमा दुई

आठराई त्रिवेणी गाउँपालिकाको तीन वर्षे प्रगति सार्वजनिक

साहारा लिम्बूताप्लेजुङ। आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमु (दिपेन)ले आफ्नो

केबुलकारको विरुद्धमा फेरी आन्दोलनका चरणहरू सार्वजनिक

ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा केबुलकार निर्माणको

ताप्लेजुङमा बढ्यो बुढ्यौलीको सङ्ख्या  

ताप्लेजुङ । ताप्लेजुङमा बुढ्यौलीको सङ्ख्या बढेको छ । तथ्याङ्क समन्वय