मुकुम्लुङ संरक्षणका लागि ताप्लेजुङको फुङलिङमा जनप्रदर्शन, केबलकार बन्न नदिने अडान



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । पाथिभरा (मुक्कुम्लुङ) संरक्षणका लागि ताप्लेजुङको फुङलिङमा जनप्रदर्शन भएको छ । आज विभिन्न संघ संस्थाहरूको आयोजनामा शान्तिपूर्ण विरोध जन प्रदर्शन भएको हो । 

मुक्कुमलुङ फासिङ तान्सेप चुम्भो सहित मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ, प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा समितिको आयोजनामा शान्तिपूर्ण विरोध जन प्रदर्शन भएको केबलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले जानकारी दिनु भएको छ । 

आज साढे १२ बजेदेखि तमोर अस्पतालबाट सुरु भएको विरोध ¥याली विरेन्द्र चोकदेखि टुक्रे पुगी पुन फर्की तोक्मे डाँडा हुँदै फुङ्लिङ नगरपालिका पुगी फेरी तोक्मे डाँडा आई कोणसभामा परिणत भएको थियो । ‘मुक्कुमलुङ आन्दोलन जारी छ, मुक्कुमलुङ हाम्रो चोत्लुङ हो, मुन्धुमीस्थलको माथि–माथि केबलकार कुदाउन पाइदैन, राष्ट्रिय फूल लालीगुराँस काट्न पाइदैन, प्रकृति पूजकहरु एक होऔं’ जस्ता नारा सहित जनप्रर्दशन भएको हो ।

नगरपालिका पुगेका प्रदर्शनकारीले नगर प्रमुख विरुद्ध नारावाजी समेत लगाएका थिए । उक्त विरोध प्रदर्शनमा पहिचान पक्षधरका नेताहरूको उपस्थिति रहेको थियो । कोण सभालाई सम्बोधन गर्दै किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले मुक्कुमलुङलाई व्यापारिक केन्द्र बनाउन नहुने बताउनुभयो । यस्तै केबलकार निर्माण खारेजी संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले कुनै पनि हालतमा केबलकार निर्माण गर्न नदिने धारणा राख्नु भएको थियो ।

यता पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले भने पुष ६ गते भएको जिल्ला समन्वय समितिको भवनको सर्वपक्षीय छलफलमा यदी सहज वातावरण भए काम सुरु गरेको १३ महिनाभित्रमा केबलकार निर्माण सम्पन्न गर्ने बताउँनु भएको थियो । 

प्रकाशित मिति : 2:12 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको