ताप्लेजुङमा २५ दिनको बच्चासहित बेपत्ता महिला तमोर नदीको किनारमा मृत फेला



ताप्लेजुङ । ताप्लेजुङमा आइतबारदेखि २५ दिनको नाबालकसहित बेपत्ता आमा मृत अवस्थामा फेला परेकी छन् । पाँचथरको याङवरक गाउँपालिका गणेश चोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईंको शव तमोर नदीको किनारमा फेला परेको हो ।

आठराई त्रिवेणी गाउँपालिका-२ माटेको तमोर नदीको किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताउनुभयो । शिशुको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ ।

आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारी चोकपुर उनको माइती घर हो । उनले बोक्ने मोबाइल र उनले लगाएको केही कपडा भने आइतबार तमोर नदी किनारमा भेटिएको थियो ।

त्यसैको आधारमा प्रहरीसहित स्थानीयले नदी किनारमा खोजी गरेका थिए ।

प्रकाशित मिति : 11:12 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन