तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव



रेडियो काबेली
पाँचथर । पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो ।

आयोजनाको मुलघाट–पाँचथर खण्डको एक सय १२ किमी सडक कालोपत्रका लागि नेपाल सरकारको रु चार अर्ब १६ करोड लागतमा मिति २०७९ कात्तिकबाट तीन वर्षमा काम पूरा गर्न ठेक्का लागेको थियो । कालोपत्र सडकका लागि स्तरोन्नति गर्न गत वर्ष रु ४८ करोडको काम भएको करिडोरमा चालु आर्थिक वर्ष २०८०÷८१ मा रु ५८ करोड विनियोजन भएको थियो । तर उक्त रकम पुस मसान्तको छ महिनाभित्रमा रु ४० करोड सकिसकेको तमोर करिडोर आयोजना प्रमुख प्रदीप निरौलाले जानकारी दिए । “अब आयोजनालाई विनियोजित रकम रु १८ करोड बाँकी छ, तर निर्माण व्यवसायीलाई काम गरेको तिर्नुपर्ने रकम रु २५ करोड छ”, उनले भने ।

आयोजना निरन्तरताका लागि चालु आवको असार मसान्तसम्मका लागि सरकारलाई थप रु एक अर्ब २० करोड माग गरेको उनले जानकारी दिए। सरकारले तत्काल रकम निकासा गरेर सहयोग नगरे आयोजना प्रभावित हुने निरौलाले जानकारी दिए।

भारतको जोगबनीबाट तमोर नदीको किनार हुँदै चीन स्वशासित क्षेत्र तिब्बतलाई किमाथाङ्कासँग जोड्न २०६५ सालमा आयोजना सुरु गरिएको थियो ।

केन्जो खवर

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार ११:१४

केबलकार विवाद : पक्राउ परेका तिन जना रिहा

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा

सिंहपुर पशुपति माध्यमिक विद्यालयलाई तीन लाख ८२ हजार बढिको गणेश र सरस्वतीको मूर्ति प्रदान 

रेडियो काबेली । सिंहपुर पशुपति माध्यमिक विद्यालयलाई तीन लाख ८२

नौ जिल्लाको यातायात बन्द फिर्ता, पुनःबार्ता माघ २७ गते बस्ने

 ताप्लेजुङ । पाथीभरा मुक्कुमलुङ क्षेत्रको केबलकार निर्माणको विषयमा देखिएको विवाद

रेडियो काबेली सञ्चालक समितिका अध्यक्ष लिबाङ् सहित तीन जना पत्रकार पुरस्कृत 

ताप्लेजुङ । रेडियो काबेलीका सञ्चालक समितिका अध्यक्ष लोकेश लिबाङ् सहित

पाथीभरा केबलकार विवाद : एक सातादेखि यातायात ठप्प, जनजीवन प्रभावित

फुङ्लिङ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात