पाँचथरमा श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमानले गरे आत्महत्या



रेडियो काबेली

पाँचथर । पाँचथरको फालेलुङ २ जोरपाटिका शनिबार आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाइ एक पुरुषलेलआत्महत्या गरेका छन् । ४० वर्षीय मान बहादुर गुरागाईले ३६ वर्षीय श्रीमती बिमला गुरागाईलाई खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् । गुरागाईलाई खोज्ने क्रममा नजिकैको जंगलमा आइतबार झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते बिमलाको टाउको र बायाँहातमा चोट लागेको छ ।घाइतेको जिल्ला अस्पताल पाँचथरमा उपाचार हुन नसके पछि थप उपचारकोलागी झापा स्थित बि.एण्ड.सि लगिएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : 11:10 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ