पाँचौ मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिता हुने



धरान । आगामी चैत २३ र २४ गते धरानमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । “स्वस्थ्य जीवन, सुन्दर भविष्य हरेक युवाको सपना, नियमित व्यायाम, स्वच्छ समाज, एलाईनेट जिमको चाहाना” भन्ने नाराको साथ बुधबार आयोजक एलाइनेट जिमले धरान १८ बुद्ध चोकस्थित एमसि क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाहरुबाट खेलाडीहरु सहभागी हुने आयोजक संस्थाका अध्यक्ष बिक्रम लिम्बुले जानकारी दिनुभयोे । पहिलो दिन चैत्र २३ गते प्रतियोगिताको प्रि–जजिङ्ग राउण्ड हुने र प्रि–जजिङ्ग मार्फत प्रत्येक तौल समूहबाट ६ जना खेलाडी फाइनल राउण्डको लागि छनौट हुने अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।

चैत २४ गते फाइनल राउण्डमा एक तौल समुहबाट ६ जना गरि कुल ३० जना खेलाडी भिड्ने उहाँले बताउनुभयो । फाईनल प्रतियोगितामा प्रत्येक वजन समूहको खेलाडीहरुलाई प्रतिस्पर्धा गराई प्रथम, दोस्रो, तेस्रो, चौंथो, पाँचौं र छैँटौं सम्म छनौट गरिने अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद एक लाख १० हजार पाउनेछन् भने दोस्रोले नगद ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाचौले २० हजार र ईन्डिीभिज्युल विजेताहरुलाई जनही नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ८० केजी तौल समूहबाट खेलाडीहरु सहभागी हुनेछन । पाँचौ मिस्टर कोशी एलाइनेट जिमको २१ औं प्रस्तुती भएको अध्यक्ष लिम्बुले बताउनुभयोे । प्रतियोगिता धरान १३ स्थित अमर सेवा भवनमा हुने आयोजकले जनाएको छ । गोरखापत्र

प्रकाशित मिति : 8:09 am

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)