आहा रारा गोल्डकपमा मच्छिन्द्र र जावलाखेल खेल्दै




रेडियो काबेली
पोखरा । पोखरामा जारी २३औँ आहा रारा पोखरा गोल्डकपमा बिहिबार (आज) मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब खेल्दैछन् ।

दिउँसो साढे २ बजे पोखरा रङ्गशालामा हुने खेलमा अहिलेसम्म कुनै पनि संस्करणमासँगै नखेलेका मच्छिन्द्र र जावलाखेलबीच खेल हुन लागेको हो ।

आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । अन्तिम ५ का लागि आजको विजेता टोलीले यही माघ १५ गते मनाङ मर्स्याङ्दीसँग प्रतिस्पर्धा गर्नेछ ।

आहा राराको २३औँ संस्करणसम्म आइपुग्दा दुवै टोली उपाधिविहीन छन् । प्रतियोगितामा अहिलेसम्म क्वार्टरफाइनल अघिका २ वटा खेल भइसकेका छन् । जसमध्ये पहिलो खेलमा आयोजक सहारा क्लबलाई २–१ ले हराउँदै थ्रीस्टार क्लब र राइजिङ स्टार क्लबलाई १–० ले हराउँदै विभागीय टिम नेपाली आर्मी क्लबले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरिसकेको छ ।

प्रकाशित मिति : 7:32 am

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका