एक व्यापारीले आफ्नै घरको ५ तलाबाट हाम फालेर गरे आत्महत्या



रेडियो काबेली

कैलाली । धनगढीका एक व्यापारीले आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालकले ५ तलाबाट हाम फालेका थिए। शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका सन्तोष अग्रवाल बुधबार बिहान भवनबाट हाम फालेको दृश्य उनका छिमेकीहरूले कैद गरेका थिए ।

करिब ११ बजेर २० मिनेटमा ५३ वर्षका सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका थिए। त्यसपछि उनलाई उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो जहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो ।

पत्नी र दुई छोरा रहेका अग्रवाल छतको रेलिङबाट केही तल झरेर आत्महत्या गरेका थिए ।उनलाई हाम नफाल्न समेत स्थानीयले आग्रह गरेका थिए ।

प्रकाशित मिति : 9:15 am

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)