१ नं गुल्म हेडक्वाटर कञ्चनजंघाद्धारा उत्कृष्ट प्रहरी कर्मचारी पुरस्कृत



रेडियो काबेली
ताप्लेजुङ । २३ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाले उत्कृष्ट प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ ।

सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रवीन सिलवालका अनुसार गुल्मले मंगलवार उत्कृष्ट कार्य सम्पादन गर्ने दुई प्रहरी निरीक्षक सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा सशस्त्र प्रहरी वल वेस क्याम्प ढुङगेसाँघुका सशस्त्र प्रहरी निरीक्षक भोला खत्री र बेस क्याम्प सिनामका सशस्त्र प्रहरी निरीक्षक धिरज गुरुङ रहेका छन् । यस्तै सशस्त्र प्रहरी नायव निरीक्षकद्धय पुरनलाल राजवंशी र चन्द्रबहादुर बेघा तथा सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालुङ्वा,महेन्द्र चौधरी र सुरेन्द्र यक्सो समेत सम्मानित भएका छन् ।

सशस्त्र प्रहरी कर्मचारी दिनेश रम्तेल महिनाको उत्कृष्ट सशस्त्र कर्मचारीको रुपमा पुरस्कृत भएका छन् । यस्तै सशस्त्र प्रहरीको स्थापना दिवसको अवसरमा आयोजित आन्तरिक फुटबल प्रतियोगिताका बिजेतालाई समेत सम्मान गरिएको छ ।


ई–उज्याले पोस्टको सहयोगमा

प्रकाशित मिति : 2:29 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन