सानिमा मिडिल तमोर हाइड्रोपावरले दियो दुई पालिकालाई एम्बुलेन्स 



ताप्लेजुङ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले दुईवटा गाउँपालिकालाई एम्बुलेन्स दिएको छ ।

हाइड्रोपावरद्वारा निर्माणाधीन मध्य तमोर जलविद्युत आयोजना (७३ मेगावाट) को सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत रहने गरि आयोजनाको मुख्य प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सहज हुने उद्देश्यले मिक्वाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकालाई दिएको हो । 

हाइड्रोपावरले मिक्वाखोलालाई एक थान फक्ताङ्लुङ गाउँपालिकालाई एक थान गरि जम्मा दुई थान एम्बुलेन्स उपलब्ध गराएको छ । आइतबार मिक्वाखोला गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरिएको हो । फक्ताङ्लुङलाई भने यस अधि नै हस्तान्तरण गरिसकेको हाइड्रोपावरले जनाएको छ । 

हाइड्रोपावरका अनुसार उक्त एम्बुलेन्सहरु मध्ये एउटा फक्ताङ्लुङ गाउँपालिका वडा न. ३ स्थित सिवा स्वास्थ्य चौकी र मिक्वाखोला गाउँपालिकाको खोक्लीङ क्षेत्रमा रहने गरी उपलब्ध गराइएको हो । 

प्रकाशित मिति : 5:49 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन