एमालेले सरकारलाई बुझायो जनताका ७ सय ५१ माग



रेडियो काबेली

काठमाडौं । सरकारलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनताका ७ सय ५१ माग बुझाएको छ।

मंगलबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले नेताहरूले जनस्तरबाट आएका ७ सय ५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहित लिखित जानकारी गराएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मध्यपहाडका समस्या, सम्भावना र चुनौती लिखित रूपमा जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उपमहासचिव ज्ञवालीका अनुसार एमालेलाई विभिन्न ४६ जिल्लाबाट ७ सय ५१ वटा मागहरू प्राप्त भएका थिए। गण्डकीबाट १६१, कोशीबाट १७० सुदूरपश्चिमबाट १३५ र बागमतीबाट १३३ वटा मागहरू प्राप्त भएको उनले बताए ।

यस्तै बागमतीबाट १३३, कर्णालीबाट ७९, लुम्बिनीबाट ७५ र मधेसबाट प्राप्त ८ वटा मागहरू प्रधानमन्त्रीलाई बुझाइएको उनको भनाइ छ।

प्रकाशित मिति : 5:52 am

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य