कोरोनाका कारण बैदेशिक रोजगारी गुमाएर फर्किएकाहरुको सीपका लागि लगानी गर्दै सिरिजङ्गा



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले कोभिड–१९ का कारण बैदेशिक रोजगारी गुमाएर फर्किएकाहरुको सीपलाई गाउँमै रोजगार सृजना गर्न पालिकाका प्रत्येक वडामा तीनलाख रुपैयाँका दरले लगानी गर्ने भएको छ ।

‘गाउँमै रोजगार,गर्वको आधार’कार्यक्रममार्फत पालिकाले ८ वटै वडामा उद्यमी सृजनाका लागि उक्त रकम खर्चिन लागेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार फर्निचर,कृषि,नेपाली हातेकागज,स्थानीय बाँस तथा काठजन्य सामग्रीको उद्यम र अन्य स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादन हुने तवरका उद्यमहरुका लागि अनुदान उपलब्ध गराइने छ ।

उनका अनुसार कोभिड–१९ का कारण बैदेशिक रोजगारी गुमाएर गाउँ फर्किएका कम्तिमा तीनजना वडाबासीव्यक्तिहरुले उद्यम गर्ने उद्देश्यका साथ व्यवसायिक कार्ययोजना सहित सम्वन्धित वडाध्यक्षको रोहवरमा गठन भएको समूह,कम्तिमा तीनजना वडाबासीव्यक्तिहरुले उद्यम गर्ने उद्देश्यका साथ व्यवसायिक कार्ययोजना सहित सम्वन्धित वडाध्यक्षको रोहवरमा गठन भएको समूहले अनुदान प्राप्तिका लागि आबेदन दिन सक्ने छन् ।

यस्तै समूह दर्ता गरी विगत देखि सामूहिक रुपमा उद्यम गर्दै आएका पुराना उद्यमी र विगत देखि नै व्यक्तिगत रुपमा उद्यम सञ्चालन गर्दै आएका उद्यमीहरुले समेत अनुदानका लागि आबेदन दिन सक्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाले ‘गाउँमै रोजगार,गर्वको आधार’ कार्यक्रम कार्यान्वयनमा एकरुपता ल्याउन र पारदर्शी बनाउन‘गाउँमै रोजगार,गर्वको आधार’ कार्यक्रम कार्यान्वयन निर्देशिका २०७७ जारी गरेको छ ।

सोहि कार्यविधिमा आधारित रहेर गाउँमै रोजगारी सृजना गर्न अनुदान प्राप्तिका लागि योग्यता र क्षेत्र तोकेर यसपटक पनि माघ १७ गते भित्रमा आबेदन माग गरिएको गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताउनुभयो ।eujyalopost.com

प्रकाशित मिति : 1:04 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा