ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स दिने 



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स दिने भएको छ । काठमाडौं महानगरपालिकाले देशभरका ३५ वटा स्थानीय तहलाई दिन लागेको एम्बुलेन्स मध्ये ताप्लेजुङको सिदिङ्वालाई पनि एक थान ‘ख’वर्गको एम्बुलेन्स दिने भएको हो  

निश्चित मापदण्ड भित्र छनौटमा परेका पालिकालाई एम्बुलेन्स दिनेगरी महानगरपालिकाले गत असोज २५ गते सम्मको समय दिएर मागपत्र पेश गर्न आह्वान गरेको थियो । आवेदन अवधि भित्र रीतपूर्वकको मापदण्ड पूरा भएकोले एम्बुलेन्स प्राप्ति प्रकृयाको छनौट भएको सूची महानगरपालिकाले सिदिङ्वा गाउँपालिकालाई पठाएको छ । 

एम्बुलेन्स प्राप्तिको प्रकृयामा महानगरपालिकाले पठाएको मापदण्ड र सर्त अनुसारका प्रकृया पूरा गरी आवश्यक कागजात काठमाडौं महानगरपालिकामा पठाउने तयारी भइरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 12:56 pm

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप