ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स दिने 



ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले एम्बुलेन्स दिने भएको छ । काठमाडौं महानगरपालिकाले देशभरका ३५ वटा स्थानीय तहलाई दिन लागेको एम्बुलेन्स मध्ये ताप्लेजुङको सिदिङ्वालाई पनि एक थान ‘ख’वर्गको एम्बुलेन्स दिने भएको हो  

निश्चित मापदण्ड भित्र छनौटमा परेका पालिकालाई एम्बुलेन्स दिनेगरी महानगरपालिकाले गत असोज २५ गते सम्मको समय दिएर मागपत्र पेश गर्न आह्वान गरेको थियो । आवेदन अवधि भित्र रीतपूर्वकको मापदण्ड पूरा भएकोले एम्बुलेन्स प्राप्ति प्रकृयाको छनौट भएको सूची महानगरपालिकाले सिदिङ्वा गाउँपालिकालाई पठाएको छ । 

एम्बुलेन्स प्राप्तिको प्रकृयामा महानगरपालिकाले पठाएको मापदण्ड र सर्त अनुसारका प्रकृया पूरा गरी आवश्यक कागजात काठमाडौं महानगरपालिकामा पठाउने तयारी भइरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 12:56 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा