ताप्लेजुङको लिङ्तेपका खेलाडीलाई सम्मान



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ४ नं। वडा लिङतेपले खेलाडीहरूलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्थानमा आयोजना भएको खेलमा सहभागि भई प्रथम हुन सफल भएका वडा भित्रका खेलाडीहरूलाई सम्मान गरिएको हो ।

आज एक कार्यक्रमको आयोजना गरि प्रथम हुन सफल पुरुष तथा महिला खेलाडीहरूलाई सम्मान पत्र र मायाको चिनो सहित सम्ममा गरिएका मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । खेलकुद क्षेत्रको विकास सँगै खेलाडीहरूको हौसलाका लागि उक्त कार्यक्रमको आयोजना गरिएको ४ नं. वडाका वडा अध्यक्ष बेद प्रसाद हाङ्गामले बताउनुभयो ।

कोशी प्रदेशका प्रदेश सभा सदस्य खगेन सिं हाङ्गामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मान कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चोङबाङको उपस्थिति रहेको थियो । 

वडाले खेलाडी प्रति चालेको यो कदमले खेलकुदको विकास र खेलाडीहरूमा लगाव बढ्नुका साथै खेलप्रेमी सरोकारवाला व्यक्तित्वहरुमा सकारात्मक सन्देश प्रवाह हुने कोशी प्रदेश सभा सदस्य खगेन सिं हाङ्गामले बताउँनुभयो । 

कार्यक्रम मेरिङदेन ४ नं। वडाका वडा अध्यक्ष बेद प्रसाद हाङ्गामको अध्यक्षतामा सम्पन्न भएको हो । 

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार १२:०५

आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको बजेट पास भएको छ ।

दोभान बजारलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानलाई प्रमुख पर्यटकीय गन्तव्यको

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट