ताप्लेजुङको लिङ्तेपका खेलाडीलाई सम्मान



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ४ नं। वडा लिङतेपले खेलाडीहरूलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्थानमा आयोजना भएको खेलमा सहभागि भई प्रथम हुन सफल भएका वडा भित्रका खेलाडीहरूलाई सम्मान गरिएको हो ।

आज एक कार्यक्रमको आयोजना गरि प्रथम हुन सफल पुरुष तथा महिला खेलाडीहरूलाई सम्मान पत्र र मायाको चिनो सहित सम्ममा गरिएका मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । खेलकुद क्षेत्रको विकास सँगै खेलाडीहरूको हौसलाका लागि उक्त कार्यक्रमको आयोजना गरिएको ४ नं. वडाका वडा अध्यक्ष बेद प्रसाद हाङ्गामले बताउनुभयो ।

कोशी प्रदेशका प्रदेश सभा सदस्य खगेन सिं हाङ्गामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मान कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चोङबाङको उपस्थिति रहेको थियो । 

वडाले खेलाडी प्रति चालेको यो कदमले खेलकुदको विकास र खेलाडीहरूमा लगाव बढ्नुका साथै खेलप्रेमी सरोकारवाला व्यक्तित्वहरुमा सकारात्मक सन्देश प्रवाह हुने कोशी प्रदेश सभा सदस्य खगेन सिं हाङ्गामले बताउँनुभयो । 

कार्यक्रम मेरिङदेन ४ नं। वडाका वडा अध्यक्ष बेद प्रसाद हाङ्गामको अध्यक्षतामा सम्पन्न भएको हो । 

प्रकाशित मिति : 12:05 pm

मिक्वाखोला:थलङ स्पोर्टिङ क्लब र रेड डेभिल्स ईलाम फाईनलमा भिड्ने

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ थलङमा जारी आमन्त्रीत

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला