पाँचथरको फिदिममा टिप्पर दुर्घटना हुँदा दुई घाइते



फिदिम । फिदिम फालौट सडकखण्ड अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–११ मा टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

नाङ्गीनदेखि फिदिम आँउदैगरेको ना ८ ख २२६ नम्बरको टिप्पर अनियन्त्रित भएर फेमेखोला पुलबाट खस्दा चालकसहित २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय

दुर्घटनामा धनकुटाको पाख्रीबास घर भई हाल सुनसरी धरान उपमहानगरपालिका १३ बस्ने ३२ वर्षीय अशोक राना मगर र फिदिम ११ धुसेनीका २४ वर्षीय प्रताप दर्नाल घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक (सूचना अधिकारी) सुमित कुशवाहले जानकारी दिनुभयो ।

चालकको दाहिने आँखाको छेउमा चोट लाग्नुका साथै दाहिने खुट्टा भाँचिएको छ । दर्नालको शरीरमा चोट लागेको छ । घाइते दुवै जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 5:12 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा