पाँचथरको फिदिममा टिप्पर दुर्घटना हुँदा दुई घाइते



फिदिम । फिदिम फालौट सडकखण्ड अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–११ मा टिप्पर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

नाङ्गीनदेखि फिदिम आँउदैगरेको ना ८ ख २२६ नम्बरको टिप्पर अनियन्त्रित भएर फेमेखोला पुलबाट खस्दा चालकसहित २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय

दुर्घटनामा धनकुटाको पाख्रीबास घर भई हाल सुनसरी धरान उपमहानगरपालिका १३ बस्ने ३२ वर्षीय अशोक राना मगर र फिदिम ११ धुसेनीका २४ वर्षीय प्रताप दर्नाल घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक (सूचना अधिकारी) सुमित कुशवाहले जानकारी दिनुभयो ।

चालकको दाहिने आँखाको छेउमा चोट लाग्नुका साथै दाहिने खुट्टा भाँचिएको छ । दर्नालको शरीरमा चोट लागेको छ । घाइते दुवै जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ५ : १२ बजे

ताप्लेजुङमा पहिरोले एकै परिवारका ४ जनाको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङमा गएरातिको अविरलवर्षासँगै आएको पहिरोमा परी ४ जनाको मृत्यु

महेशको ‘महसुश’ सार्वजनिक

ताप्लेजुङ । गायक महेश सिवाले ‘महसुश’ बोलको गीत सार्वजनिक गर्नुभएको

फक्ताङलुङमा बाढीले बगाएका पुलको पुनःनिर्माण कार्य सुरु, सतर्क रहन पालिकाको अनुरोध

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामामा तमोर नदीसहितका खोलामा लगाइएको ५

मिक्वाखोलाद्धारा आगामी नीति तथा कार्यक्रम माथि सुझाव संकलन सम्पन्न

ताप्लेजुङ । आगामि आर्थिक वर्ष २०८१÷८२ को लागि नीति तथा

तेल्लोक माध्यमिक विद्यालयलाई खेलकुदको सामाग्री प्रदान

ताप्लेजुङ । सिरीजंघा गाउँपालिका ४ तेल्लोकको तेल्लोक माध्यमिक विद्यालयलाई खेलकुदको