ताप्लेजुङमा सवारी जरिवानाबाट चार लाख राजस्व सङ्कलन



ताप्लेजुङ । ताप्लेजुङमा ट्राफिक प्रहरीले पछिल्लो छ महिनाको अवधिमा करिब चार लाख रुपियाँ राजस्व रकम असुल गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही तथा जरिवाना गरी उक्त राजस्व रकम असुल गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका अनुसार चालू आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्त सम्ममा ६७७ वटा विभिन्न सवारी साधन कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट कुल तीन लाख ९६ हजार रुपियाँ राजस्व रकम असुल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) दीपक न्यौपानेले जानकारी दिनुभयो ।

सवारी साधनको कागजात नबोक्ने, लापरबाही चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई कारबाही अर्थात् जरिवाना गरिएको प्रसनि न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई न्यूनतम ५०० देखि अधिकतम एक हजार ५०० रुपियाँसम्म जरिवाना गर्ने गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश जिप गाडीलाई नियम उल्लङ्घन गरेबापत कारबाही गरिएको छ । जिपपछि मोटरसाइकल र अन्य सवारी साधन कारबाहीमा परेका ट्राफिक प्रहरीले जानकारी दिएको छ । गोरखापत्र अनलाइन

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार ०५:०४

केबलकारको विवादलाई समाधान गर्न आन्दोलनरत पक्ष वार्तामा बस्न तयार

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि आन्दोलनरत

गत वर्ष फागुनको तुलनामा यस वर्षको फागुनमा करिब साढे ९ हजार कम दर्शनार्थी पाथीभरा आए 

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा दर्शन गर्न आउने

मैवाखोला गाउँपालिकाले दियो तीन परिवारलाई एक लाख ५० हजार राहत

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ३ परिवारलाई एक लाख ५०

ताप्लेजुङमा स्थायी नियुक्तिका लागि स्थानीय तह छनोट गर्न शिक्षकहरुलाई सात दिनको म्याद

ताप्लेजुङ । ताप्लेजुङमा प्राथमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्तिका लागि

केबलकारको विवादलाई समाधान गर्न वार्ताका लागि आन्दोलनरत पक्षलाई गृह मन्त्रालयले फेरी बोलायो

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि गृह