ताप्लेजुङमा सवारी जरिवानाबाट चार लाख राजस्व सङ्कलन



ताप्लेजुङ । ताप्लेजुङमा ट्राफिक प्रहरीले पछिल्लो छ महिनाको अवधिमा करिब चार लाख रुपियाँ राजस्व रकम असुल गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही तथा जरिवाना गरी उक्त राजस्व रकम असुल गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका अनुसार चालू आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्त सम्ममा ६७७ वटा विभिन्न सवारी साधन कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट कुल तीन लाख ९६ हजार रुपियाँ राजस्व रकम असुल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) दीपक न्यौपानेले जानकारी दिनुभयो ।

सवारी साधनको कागजात नबोक्ने, लापरबाही चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई कारबाही अर्थात् जरिवाना गरिएको प्रसनि न्यौपानेले बताउनुभयो । उहाँका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई न्यूनतम ५०० देखि अधिकतम एक हजार ५०० रुपियाँसम्म जरिवाना गर्ने गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश जिप गाडीलाई नियम उल्लङ्घन गरेबापत कारबाही गरिएको छ । जिपपछि मोटरसाइकल र अन्य सवारी साधन कारबाहीमा परेका ट्राफिक प्रहरीले जानकारी दिएको छ । गोरखापत्र अनलाइन

प्रकाशित मिति : 5:04 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन