कोशी प्रदेशका मुख्यमन्त्री कार्की सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की तथा मन्त्रीहरू शमशेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्रीमा नियुक्ति भएको १ सय दिन पुग्नै लाग्दा मुख्यमन्त्री कार्कीले आफूसहित मन्त्रीहरूको सम्पत्ति विवरणमा सार्वजनिक गरेका हुन् । सार्वजनिक सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री केदार कार्कीको श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगामा १ कट्टा १२ धुर जग्गा छ भने बुढीगंगा र विराटनगरमा गरेर ७ वटा घडेरी छन् । उक्त जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार बराबरको रहेको उल्लेख छ ।

यस्तै उनको परिवारमा विवाह, उपहार तथा खरिद गरेको २५ तोला सुन र चाँदी ८० तोला रहेको उल्लेख छ । यस्तै श्रीमती शान्तादेवी बस्नेतकै नाममा विभिन्न बैंकमा ७ लाख ९४ हजार रुपैयाँ नगद छ । उक्त रकम तलब भत्ता, बचत र व्याजबाट आम्दानी गरेको उल्लेख छ ।

यस्तै विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर आफ्नो, श्रीमती र परिवारको सदस्यको नाममा १ लाख ८७ हजारको रहेको छ भने कृषि विकास बैंकको हालको मूल्य ५ लाख ६३ हजार ४५६ मूल्य बराबरको २ हजार २७२ कित्ता रहेको छ । यस्तै १ करोड ८ लाख २ हजार ऋणमध्ये मुख्यमन्त्री कार्कीले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् । यस्तै उनको श्रीमती बस्नेतको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर मात्रै रहेको उल्लेख गरेका छन् ।

यस्तै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईको इलामको रोङ गाउँपालिकाको ६ र ४ नम्बर वटामा पाँच ठाउँमा जग्गा रहेको उल्लेख छ । यस्तै उनको विवरणमा १० तोला सुन रहेको उल्लेख छ । यस्तै बैंक मौज्जात ६२ हजार र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा आफ्नो परिवारको सदस्य मालती राईको नाममा १ लाख ५० हजार रुपैयाँ बराबरको शेयर पूँजी रहेको उल्लेख छ । यस्तै उनले अलैंची खेती तथा नर्सरी र बाख्रा फर्म २०७० सालमा दर्ता गरी सञ्चालन गरिरहेको उल्लेख छ ।

यस्तै भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुको पाँचथर फालेलुङ १, फालुलुङ २, झापाको दुवागडी मेचीनगर नगरपालिका ५ मा ६ कित्ता जग्गा रहेको उल्लेख छ । यस्तै उनले साढे ११ तोला सुन र १५ तोला चाँदी रहेको देखाएका छन् । उनको १ लाख रुपैयाँ बैंक मौज्दात रहेको र अरुण काबेली हाइड्रो पावर लिमिटेडमा ५० कित्ता शेयर रहेको उल्लेख छ । उनले हातेमालो सहकारीबाट ४ लाख ऋण लिएको र आफ्नो साथमा दुहुना गाई १ वटा, हल गोरु १ र खसी १ वटा रहेको उल्लेख गरेका छन् ।

यस्तै वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेतीको भने श्रीमती नरमाया भट्टराईको नाममा विराटनगरमा १ कट्टा ५ धुर तथा सुनसरीको इटहरी १० मा ११ धुर जग्गा रहेको उल्लेख छ । यस्तै १० तोला सुन र २० तोला चाँदी तथा विभिन्न बैंकमा परिवारको नाममा २ लाख ७८ हजार रुपैयाँ नगद रहेको उल्लेख छ ।

उप्रेतीको परिवारको नाममा विभिन्न वित्तीय संस्थामा १ हजार ४५० कित्ता शेयर रहेको विवरणमा उल्लेख छ । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा ३९ लाख ५० हजार ऋण तिर्न बाँकी रहेको देखाएका छन् । उनको एउटा हण्डा मोटरसाइकल र सुजुकी ब्रान्डको स्कुटर रहेको विवरणमा उल्लेख छ । यस्तै उनले सामूहिक रूपमा कृषि फारम तथा गाई फारम सञ्चालन गरिरहेको जनाएका छन् । रातोपाटी

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १०:४४

फुङलिङमा यातायात र शैक्षिक संस्थामा अबरोध तथा बन्द गर्न नपाईने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका क्षेत्र भित्र आज (शुक्रबार)

फुङलिङ नगरपालिकाद्धारा असल बुहारी सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले असल बुहारीलाई सम्मान गरेको

अखिल क्रान्तिकारी ताप्लेजुङको अध्यक्षमा अनिता पन्दाक निर्वाचित

रेडियो काबेलीताप्लेजुङ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ताप्लेजुङको

उहिलेको तिज

अर्पना बुढाथोकीताप्लेजुङ । अहिलेका दिदीबहिनीहरुले आधुनिक तिज मनाइरहेको बेलामा मलाई

हरितालिका तीजको महिमाः उपवास र हालको सृगांरिक पक्षले ल्याउन खोजेको समानता

ई.वीरेन्द्र श्रेष्ठताप्लेजुङ । हरितालिका तीज सनातन धर्म भित्रको एक विशेष