गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता



काठमाडौँ । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।

‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदकको माग छ ।

साथै निवेदकले सहकारीबाट कर्जा लिँदा दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न समेत सहकारी मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

‘निजहरूले कुनै लिखित सम्झौता बिना कर्जा लिने दिने कार्य गरेका रहेछन् भने पनि संगठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यस सम्बन्धी आवश्यक अनुसन्धान गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गर्नुहुन पनि रजिष्ट्रार ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’, निवेदकले भनेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १०:३१

मेरिङदेन सडक खण्डको मुङ्वाखोलामा होम पाइप सेटिङको कार्य जारी, सवारी साधन आवतजावत बन्द 

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन सडक खण्ड अन्तरगत पर्ने मुङ्वाखोलामा होम

ताप्लेजुङमा तीन वर्षमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा तीन वर्षको अवधीमा सवारी दुर्घटनामा परी १७

तेश्रो ताप्लेजुङ गोल्डकपका टिकट बिक्रीको जिम्मेवारी विशाल लङ्वालाई 

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्डकपका टिकट बिक्रीको ठेक्का पक्का

ताप्लेजुङ गोल्डकपका लागि पाथीभरा क्षेत्र विकास समितिले सात लाख सहयोग गर्ने 

ताप्लेजुङ ।  अन्तराष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्डकपका लागि पाथीभरा क्षेत्र

नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङद्वारा एसईईमा उत्रिर्ण विद्यार्थी सम्मानित 

ताप्लेजुङ । नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङले माध्यमिक शिक्षा परीक्षा