जाडो बढेपछि सुनसरीका विद्यालय तिन दिन बन्द



रेडियो काबेली

ताप्लेजुङ। शीतलहर र चिसो बढेपछि सुनसरीका प्रायः सबै स्थानीय तहले विद्यालय बन्द गर्ने निणर्य गरेको छ । जिल्ला सदरमुकाम इनरुवासहित इटहरी उपमहानगरपालिकाले माघ ३ गते आजबाट माघ ५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

केही दिनदेखि जाडो बढ्दै गएपछि विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिका र उपमहानगरपालिकाले तीन दिन विद्यालय बन्द गरेको जानकारी दिएको छ । इनरुवा नगरपालिकाले यसअघि माघ २ गतेसमम बन्द गरेकोमा जाडो कम नभएपछि माघ ५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख डिल्लीराज निरौलाले जानकारी दिए।

जाडो बढेपछि इनरुवा, इटहरी, गढीसहित सुनसरीका प्रायः सबै विद्यालय बन्द गरेको छ । उता इटहरी उपमहानगरपालिकाले समेत बुधबारदेखि माघ ५ गतेसम्म विद्यालय बन्द रहने उपमहानगरका शिक्षा अधिकृत द्रोणप्रसाद दाहालले बताउनुभयो । उपमहानगरले सम्पूर्ण सामुदायिक, धार्मिक र बालविकास केन्द्रहरुलाई पत्राचार गर्दै वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

पत्रमा लेखिएको छ, “अत्यधिक चिसो तथा शीतलहरको कारण दैनिक रुपमा पठनपाठनमा प्रभाव परेको हुँदा सञ्चित ९मीन पचास० वर्षे बिदाबाट कट्टा हुने गरी मिति २०८०–१०–०३ देखि २०८०–१०–०५ सम्म तीन दिन मात्र यस उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक, धार्मिक, बालविकास केन्द्रहरु बन्द गरिएको हुँदा सोहीबमोजिम गर्नु–गराउनु हुन जानकारी गराइन्छ ।”

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ०९:५०

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको