पाथीभरा याङ्वरक गाउँपालिकाद्धारा वडावडामा घुम्ती शिविर सञ्चालन



ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर सञ्चालन गरी स्थानीयलाई सेवा प्रवाह गरेको छ । गाउँपालिकाले वडा–वडामा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरी स्थानीय सेवाग्राहीलाई सेवा प्रवाह गरेको हो ।

प्रशासकीय केन्द्र रहेको बाहेकका वडाहरुमा एकीकृत घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका छ वटा वडामध्ये प्रशासकीय केन्द्र रहेको वडा २ थेचम्बु बाहेकमा एकीकृत घुम्ती शिविर सञ्चालन गरी स्थानीयलाई सेवा प्रवाह गरिएको छ । घुम्ती शिविरमार्फत् ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा भत्ता वितरण, योजना सम्झौता जस्ता सेवा प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेका अनुसार वडा १ नाङ्खोल्याङ र वडा ३ तिरिङ्गे, वडा ४ डुम्रिसे, वडा ५, चाक्सिबोटे र वडा ६ थुम्बेदिनमा शिविर सञ्चालन गरिएको छ । वडा–वडामा सञ्चालित शिविरमार्फत ६१३ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण र ३१३ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए ।

त्यस्तै, शिविरमा १२३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सात जनालाई अपाङ्गता परिचयपत्र वितरण, नौ वटा योजनाको सम्झौता र एक व्यवसाय दर्तासम्बन्धी सेवा प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ । पालिकावासी नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी घरदैलोमै पुगेर सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताए।

प्रकाशित मिति : 11:24 am

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा