कञ्चजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्थाको २०औँ वार्षिक साधारण सभा सम्पन्न



ताप्लेजुङ । कञ्चजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था लिमिटेड ताप्लेजुङले आज २०औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभा आज प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री तिल कुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा होटल पाथिभराको सभाहलमा सम्पन्न भएको हो । 

 उक्त सहकारी संस्था फुङलिङ नगरपालिका ४ ताप्लेजुङमा वि.सं. २०५८ सालमा स्थापना भएको हो । थोरै बचत, धेरै मदत भन्ने भनाइलाई आत्मसाथ गदै सहकारीले काम गर्दै आइरहेको छ । सहकारीको वार्षिक प्रतिवेदन सहकारी सञ्चालक समितिका अध्यक्ष चन्द्र यवागुले प्रस्तुत गर्नू भएको छ । 

ताप्लेजुङका ४ स्थानीय तहमा १९ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् । सहकारीलाई समाज परवर्तनको तीन खम्बे आर्थिक आधारमा एक खम्बा मानिएको समेत संस्थाका अध्यक्षले बताउनु भयो । 

उक्त संस्थाले ६ जनालाई सम्मान तथा पुरस्कार वितरण समेत गरेको छ । संस्थाले उत्कृष्ट कृषक, बचत कर्ता, साना व्यवसायी, समूह, बाल बचतकर्ता, जेष्ठनागरिक, ऋणी र स्थाई कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम पनि गर्दै आएको छ ।

नेपालमा वि.सं. २०१३ साल चैत्र २० गते बी. डि. पि. हरुको सहयोगार्थ स्थापना भएको बखान बचत तथा ऋण सहकारी संस्था नै पहिलो सहकारी संस्थाको रुपमा मानिएको छ । सहकारीमा आवद्ध सदस्यहरू साझा उद्देश्यका साथ सामाजिक, आर्थिक र सांस्कृतिक विकास गर्ने साथै आफ्ना समस्याहरूको समाधान गर्न सहकार्य गर्ने अध्यक्ष यवागुले बताउनु भयो ।

प्रकाशित मिति : 2:20 pm

ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची

ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका

ताप्लेजुङमा मनाइयो महागुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।