कञ्चजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्थाको २०औँ वार्षिक साधारण सभा सम्पन्न



ताप्लेजुङ । कञ्चजङ्घा सामुदायिक बहुमुखी सहकारी संस्था लिमिटेड ताप्लेजुङले आज २०औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभा आज प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री तिल कुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा होटल पाथिभराको सभाहलमा सम्पन्न भएको हो । 

 उक्त सहकारी संस्था फुङलिङ नगरपालिका ४ ताप्लेजुङमा वि.सं. २०५८ सालमा स्थापना भएको हो । थोरै बचत, धेरै मदत भन्ने भनाइलाई आत्मसाथ गदै सहकारीले काम गर्दै आइरहेको छ । सहकारीको वार्षिक प्रतिवेदन सहकारी सञ्चालक समितिका अध्यक्ष चन्द्र यवागुले प्रस्तुत गर्नू भएको छ । 

ताप्लेजुङका ४ स्थानीय तहमा १९ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् । सहकारीलाई समाज परवर्तनको तीन खम्बे आर्थिक आधारमा एक खम्बा मानिएको समेत संस्थाका अध्यक्षले बताउनु भयो । 

उक्त संस्थाले ६ जनालाई सम्मान तथा पुरस्कार वितरण समेत गरेको छ । संस्थाले उत्कृष्ट कृषक, बचत कर्ता, साना व्यवसायी, समूह, बाल बचतकर्ता, जेष्ठनागरिक, ऋणी र स्थाई कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम पनि गर्दै आएको छ ।

नेपालमा वि.सं. २०१३ साल चैत्र २० गते बी. डि. पि. हरुको सहयोगार्थ स्थापना भएको बखान बचत तथा ऋण सहकारी संस्था नै पहिलो सहकारी संस्थाको रुपमा मानिएको छ । सहकारीमा आवद्ध सदस्यहरू साझा उद्देश्यका साथ सामाजिक, आर्थिक र सांस्कृतिक विकास गर्ने साथै आफ्ना समस्याहरूको समाधान गर्न सहकार्य गर्ने अध्यक्ष यवागुले बताउनु भयो ।

प्रकाशित मिति : 2:20 pm

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान