नुपू शेर्पाको अध्यक्षतामा ताप्लेजुङमा पहिलो पटक याक चौंरी कृषक महासंघ जिल्ला कार्यसमिति चयन



ताप्लेजुङ । ताप्लेजुङमा पहिलो पटक याक चौँरी कृषक महासंघ नेपाल जिल्ला कार्यसमिति चयन भएको छ । आज माउन्टेन होटलको सभा हलमा भएको प्रथम जिल्ला अधिवेशनले नुपू शेर्पाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । 

जसमा उपाध्यक्षमा ताम्डीङ शेर्पा, सचिवमा भिम भण्डारी, सहसचिवमा ओम प्रकाश गौतम, र कोषाध्यक्षमा दावा फूटी शेर्पा चयन भएका छन् । यस्तै सदस्यहरूमा फुर्वा नाम्गेल शेर्पा, किपा शेर्पा, फुपु शेर्पा र मन कुमार गौतम चयन भएको महासङ्घका केन्द्रीय महासचिव पाविहाङ राईले जानकारी दिनु भएको छ । 

कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री मा। तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रथम अधिवेशनमा वशिष्ठ अतिथिको रुमा मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्त बहादुर कार्की, उपाध्यक्ष डण्डु लामा सँगै याक चौरी व्यावसायी साथै विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १३:०९

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको