मैवाखोलाको पार्टीडाँडा माध्यमिक बिद्यालयको कम्प्युटर ल्याव कक्षमा चोरी



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बास्थित पार्टीडाँडा माध्यमिक बिद्यालयको कम्प्युटर ल्याव कक्षमा चोरी भएको छ ।


बिद्यालयका शिक्षक शान्ता आङवुहाङका अनुसार गएराति कम्प्युटर ल्याव कक्ष फोडेर कम्प्युटर ल्याबबाट १२ वटा ल्यापटप, ४ वटा डेस्कटप सहितका उपकरण चोरी भएको हो ।

शिक्षक आङवुहाङका अनुसार झण्डै साढे ११ लाख बढीको सामाग्री एकसाथ चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ । क्षतीको पुरा विवरण भने आईनसकेको विद्यालयले जनाएको छ ।


ह्युमन प्राक्टिस फाउण्डेसनको सहयोगमा सो बिद्यालयमा ल्याव कक्ष स्थापना भएको थियो । चोरी भएपछि आईटी ल्याव कक्ष रित्तो भएको बिद्यालयले जनाएको छ ।

प्रकाशित मिति : 2:06 pm

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी