ज्यापु दिवसमा पत्रकारसहित २७ जना सम्मानित



काठमाडौँ । ज्यापु दिवसको अवसरमा पत्रकार कृष्ण किसीसहित २७ जना सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले उनीहरूलाई मंगलबार काठमाडौँको वसन्तपुरमा एक भव्य समारोहवीच सम्मान गरे । ज्यापु संस्कृति विकास कोषले २० औं राष्टिय ज्यापु दिवस समारोह ११४४ को अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।

पत्रकार किसीलाई ज्यापु युवा प्रतिभा ९सञ्चार०बाट सम्मान गरिएको हो । उनीसहित अन्य विभिन्न विधाहरुमा योगदान गरेकाहरुलाई पनि सम्मान गरिएको थियो । ज्यापु बाल प्रतिभा एन्जल महर्जन, ज्यापु युवा प्रतिभा ९शिक्षा० रिकेश महर्जन, ज्यापु युवा प्रतिभा ९वाद्यवादन० प्रविन महर्जन, ज्यापु युवा प्रतिभा ९खेलकुद० तीनजनालाई दिइएको छ । खुशी डंगोल, पिजः महर्जन, राजीव महर्जनलाई सम्मान गरिएको हो ।

यस्तै ज्यापु युवा प्रतिभा ९सौदर्य० हसना महर्जन, चक्रमान डंगोल समाज सेवा पुरस्कार इन्जिनियर सानुबाबु डंगोल, बाद्यगुरु कृष्णमाई महर्जन स्मृति पुरस्कार पञ्चरत्न डंगाललाई दिइएको छ । उनीहरु सबैलाई जनही १० हजार रुपैयाँं प्रदान गरिएको थियो ।

यसबाहेक ज्यापु रत्न डा पुरुषोतम नारायण सुवाल, ज्यापु प्रज्ञा प्राडा त्रिरत्न मानन्धरलाई प्रदान गरियो । साथै ज्यापु विशेष सम्मान पनि प्रदान गरिएको थियो । तर उनीहरु सबैलाई सम्मानपत्र मात्रै प्रदान गरिएको थियो । सम्मान पाउने अन्य व्यक्तिहरूमा ज्यापु सरस्वती पदक मनिलराज महर्जन, ज्यापु उद्यमशिलता सम्मान मनिष डंगोल श्रेष्ठ, ज्यापु महिला सशक्तीकरण रामकुमारी महर्जन रहेका थिए । बाँँकी सबैलाई ज्यापु विशेष सम्मान पदान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा सरिता डंगोल, दुर्गाप्रसाद श्रेष्ठ, सुनिल जोशी, लीलबहादुर प्रधान, बालकृष्ण तुलाधर, रोशनकुमार श्रीवास्तव, वीरकृष्ण महर्जन, तारा महर्जन, राजु शाक्य, पूर्ण प्रजापति ठिमी, श्रीमिला सुवाल र सुशान्त डंगोल रहेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री दाहालसहित पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, बागमति प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री पुकार महर्जन, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, आयोजक कोषका अध्यक्ष मंगलकृष्ण सिंह, सचिव एवं दिवस मुल समारोह समितिका संयोजक धनबहादुर महर्जन तिमिला, ज्यापु प्रतिभा सम्मान पुरस्कार सिफारिस समितिका संयोजक सन्तबहादुर महर्जनलगायतले ज्यापु संस्कृतिका अनेक पाटाहरुबारे चर्चा गरे ।

योमरी पुन्हीको अवसरमा प्रत्येक वर्ष गर्दै आएको यो कार्यक्रमको क्रममा प्रधानमन्त्री दाहाललाई योमरी पनि प्रदान गरिएको थियो । साथै सुरुमा उनलाई नेवार परम्परा अनुसार उसिनेको अण्डा, माछा र ऐंला ९रक्सी० सगुनको रुपमा दिइएको थियो । सो क्रममा प्रधानमन्त्री प्रचण्डले योमरीका साथै अण्डा र ऐला खाएपछि मञ्चबाट सम्मानमा ताली बजेको थियो ।

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार १२:३२

क्षतीपुर्ती नपाएको भन्दै स्थानीयद्धारा हाईड्रोका गाडी सञ्चालन बन्द आह्वान

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका स्थानीयले क्षतीपुर्ति नपाएको भन्दै

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ

आज पाँच प्रदेशमा भारी वर्षा, कुन-कुन ?

बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरक्कोले अर्जेन्टिनालाई २–१ पराजित

८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता

ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता