पक्राउ परेका व्यवसायी भद्रबिर रेग्मी रिहा भएसँगै उद्योग बाणिज्य सङ्घद्धारा आन्दोलन फिर्ता



रेडियो काबेली
ताप्लेजुङ । पक्राउ परेका व्यवसायी भद्रबिर रेग्मी रिहा भएसँगै शनिबारबाट चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको उद्योग बाणिज्य सङ्घ ताप्लेजुङले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ ।

शुत्रबार साँझसम्म रिहा नगरे शनिबारबाट बजार पसल सहित यातायात बन्दको घोषण गरेको उद्योग वाणिज्यले रेग्मी रिहा भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता गरेको विज्ञप्ती मार्फत जनाएको छ ।


उद्योग बाणिज्य सङ्घ र नेपाल उद्योग तथा व्यवसायी महासंघ ताप्लेजुङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामान्य विवादको विषयमा रेग्मीलाई पक्राउ गरी हिरासतमा राखिएको भन्दै शनिबारबाट बजार पसल बन्द सहित यातायात बन्द समेतको घोषणा गरेका थिए ।

अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष समेत रहेका रेग्मीले अभद्र व्यवहार गरेको भन्दै पौष १५ गते प्रहरीले पक्राउ गरिएको थियो ।

स्थानीयले सास्ती खेप्नु नपरोस भनेर आन्दोलनरत पक्षसँग छलफल गरि समस्या समाधान गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सुचना अधिकारी एव्म सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : 2:55 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य