पक्राउ परेका व्यवसायी भद्रबिर रेग्मी रिहा भएसँगै उद्योग बाणिज्य सङ्घद्धारा आन्दोलन फिर्ता



रेडियो काबेली
ताप्लेजुङ । पक्राउ परेका व्यवसायी भद्रबिर रेग्मी रिहा भएसँगै शनिबारबाट चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको उद्योग बाणिज्य सङ्घ ताप्लेजुङले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ ।

शुत्रबार साँझसम्म रिहा नगरे शनिबारबाट बजार पसल सहित यातायात बन्दको घोषण गरेको उद्योग वाणिज्यले रेग्मी रिहा भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता गरेको विज्ञप्ती मार्फत जनाएको छ ।


उद्योग बाणिज्य सङ्घ र नेपाल उद्योग तथा व्यवसायी महासंघ ताप्लेजुङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामान्य विवादको विषयमा रेग्मीलाई पक्राउ गरी हिरासतमा राखिएको भन्दै शनिबारबाट बजार पसल बन्द सहित यातायात बन्द समेतको घोषणा गरेका थिए ।

अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष समेत रहेका रेग्मीले अभद्र व्यवहार गरेको भन्दै पौष १५ गते प्रहरीले पक्राउ गरिएको थियो ।

स्थानीयले सास्ती खेप्नु नपरोस भनेर आन्दोलनरत पक्षसँग छलफल गरि समस्या समाधान गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सुचना अधिकारी एव्म सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १४:५५

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

ताप्लेजुङ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८

फुङलिङ नगरपालिका ४, ५, ६ र ७ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको

आईटी एकेडेमीबाट १७ जना बने फुल स्ट्याक डेभलपर

ताप्लेजुङ । ताप्लेजुङमा आईटी एकेडेमीले पहिलो पटक १७ जना वेभ

मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

रेडियो काबेलीताप्लेजुङ । मेरिङदेन अपाङ्गता समाजको अध्यक्षमा दोर्जी शेर्पा चयन

जनतासँग जनप्रतिनिधि कार्यक्रम हाङदेवाबाट सुरु

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ