नेत्रज्योति संघ तथा डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रको भवन स्तरोन्नति साथै प्रवलीकरणको काम सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङस्थित नेपाल नेत्रज्योति संघ तथा डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रको भवन स्तरोन्नति तथा प्रवलीकरणको काम सम्पन्न भएको छ । नेपाल मेडिकल सपोर्ट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्च नामक संस्थाले सदरमुकाम फुङ्लिङमा रहेको भवन स्तरोन्नति तथा प्रवलीकरणको काम गरेको हो ।

ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईंले भौतिक पूर्वाधारतर्फ नेत्रज्योतिको भवन स्तरोन्नति साथै प्रवलीकरणको काम सम्पन्न भएको बताउनुभयो । आर्थिक सहयोगदाताको रुपमा रहेको संस्था नेपाल मेडिकल सपोर्ट जर्मनीले दुई चरणमा उपलब्ध गराएको कुल रकम भ्याटसहित ८८ लाख ११ हजार ६५२ रुपियाँको लागतमा भवन निर्माणको काम सम्पन्न गरिएको अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पहिलो चरणमा ७१ लाख नौ हजार २४५ रुपियाँ र दोस्रो चरणमा १७ लाख दुई हजार ४०७ रुपियाँ नेपाल मेडिकल सपोर्ट जर्मनीले थप रकम उपलब्ध गराएको थियो । भवन स्तरोन्नति तथा प्रवलीकरणका लागि २०७९ साल असोजमा योजना सम्झौता गरी माघदेखि काम सुरु गरिएको र दोस्रो चरणको बजेट समेतबाट २०८० पुस १ गतेभित्र काम सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

मञ्चले स्तरोन्नति तथा प्रवलीकरणको काम सम्पन्न भएसँगै नेत्रज्योति संघलाई भवन हस्तान्तरणको तयारी गरिहेको जनाएको छ । नेत्रज्योति संघद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको आवश्यकताअनुसार भवनको स्वरुप (डिजाइन) तयार गरी निर्माणको काम गरेको पनि मञ्चले जानकारी दिएको छ ।

भवनको आवश्यक कोठा, छाना र महिला–पुरुष तथा अपांगमैत्री छुट्टा–छुट्टै शौचालयसहित संरचना निर्माण गरिएको पनि अध्यक्ष प्रसाईंले जानकारी दिनुभयो । भवन निर्माणको अगुवाई गरेको संस्था ताप्लेजुङ विकास मञ्चले बुधबार सदरमुकाम फुङ्लिङमा सार्वजनिक सुनुवाई गरी संरचना निर्माण, कामको प्रक्रिया र खर्चको अवस्था सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 1:00 pm

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप