बुधवार र बिहीवार मेची राजमार्ग बन्दको घोषणा



ताप्लेजुङ । भोलि बुधवार र बिहीवार मेची राजमार्ग बन्दको घोषणा गरिएको छ । प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले उक्त बन्दको घोषणा गरेको हो । 

संघर्ष समितिले एक विज्ञप्ति जारी गर्दै पहिचानवादी नेता बुलेट किराँती (आन्जेश राई) को तत्काल रिहाई माग गर्दै बन्दको घोषणा गरिएको जानकारी गराएको छ । गत मंसिर ३० र पुस १ गते संघर्ष समितिले आह्वान गरेको प्रदेश नं. १ यातायात बन्दको अवधिमा इलाम जिल्लामा  पराल बोकेको गाडीमा अज्ञात समुहले गरेको आगजनीमा झापा जिल्लाका पहिचानवादी नेता किराँतीलाई पक्राउ गरी इलामको पशुपतिनगर थानामा राखी झुटो मुद्दा लगाइएको संघर्ष समितिको आरोप रहेको छ । 

 नेता किराँती निर्दोष छ भनी तत्काल रिहाइको लागि पटक पटक प्रशासन पुग्दा पनि रिहाइको सट्टा झुटो मुद्दा दर्ता गरी षड्यन्त्र गरेकोले उहाँको रिहाइको लागि पुन मेची राजमार्ग बन्द गर्न बाध्य भएको सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : 12:38 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था