बुधवार र बिहीवार मेची राजमार्ग बन्दको घोषणा



ताप्लेजुङ । भोलि बुधवार र बिहीवार मेची राजमार्ग बन्दको घोषणा गरिएको छ । प्रदेश १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले उक्त बन्दको घोषणा गरेको हो । 

संघर्ष समितिले एक विज्ञप्ति जारी गर्दै पहिचानवादी नेता बुलेट किराँती (आन्जेश राई) को तत्काल रिहाई माग गर्दै बन्दको घोषणा गरिएको जानकारी गराएको छ । गत मंसिर ३० र पुस १ गते संघर्ष समितिले आह्वान गरेको प्रदेश नं. १ यातायात बन्दको अवधिमा इलाम जिल्लामा  पराल बोकेको गाडीमा अज्ञात समुहले गरेको आगजनीमा झापा जिल्लाका पहिचानवादी नेता किराँतीलाई पक्राउ गरी इलामको पशुपतिनगर थानामा राखी झुटो मुद्दा लगाइएको संघर्ष समितिको आरोप रहेको छ । 

 नेता किराँती निर्दोष छ भनी तत्काल रिहाइको लागि पटक पटक प्रशासन पुग्दा पनि रिहाइको सट्टा झुटो मुद्दा दर्ता गरी षड्यन्त्र गरेकोले उहाँको रिहाइको लागि पुन मेची राजमार्ग बन्द गर्न बाध्य भएको सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : 12:38 pm

ताप्लेजुङ गोल्ड कपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

ताप्लेजुङ, साउन १८ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई